गत साल वैशाख १२ मा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा बेलुन उडाइने, सबैलाई उपस्थितको लागि अपिल

काठमाडौं - गत साल वैशाख १२ मा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झना अन्नपूर्ण मिडिया नेट्वर्कको आयोजनामा करिब ९ हजार बेलुन उडाइने भएको छ । 


काठमाडौंको वसन्तपुरमा यही वैशाख ११ गते ११ बजेर ५६ मिनेटमा अन्नपूर्ण मिडिया नेट्वर्कको आयोजनामा बेलुन उडाउन लागिएको हो । आयोजकका अनुसार बिहान १० बजे वसन्तपुरमा जम्मा भएर ११ बजेर ५६ मिनेटमा बेलुन उडाइनेछ । बेलुन उडाउने कार्यक्रममा राजनीतिज्ञ, प्रशासक, कलाकार, पत्रकार र सर्वसाधरणसहितको सहभागिता हुने बताइएको छ।

,

0 comments

Write Down Your Responses