नयाँ शक्तिमा पनि ठगि सुरु, अमेरिकाको चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राऊ
काठमाडौं वैशाख १३ - भ्रष्टाचारमुक्त समुन्नत नेपालको नारा बोकेको नयाँ शक्ति नेपालका केन्द्रीय पार्षद सदस्य लाखौं गठीको आरोपमा पक्राउ परेका छन् ।
नयाँ शक्ति नेपालका केन्द्रीय पार्षद ओखलढुंगा निवासी अशोककुमार थापाले अन्तर्राष्ट्रिय ‘लट्री’ धन्दामार्फत सर्वसाधारणलाई गग्दै आएको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
“चिट्ठा पर्यो” भन्दै थापाले ठग्दै आएका थिए । पोखराकी एकजना महिलालाई पनि यसैगरी ठग्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । पाँच लाख पाउन्ड पाउने आसामा सात लाख २५ हजार गुमाएको पोखराकी पोखराकी एक महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान व्यारोमा उजुरी दिएपछि अनुसन्धान गर्दा थापाको संलग्नता पुष्टि भएको छ ।
ती महिलालाई बधाई छ सन् २०१६ को पेप्सी मोबाइल ड्र युकेमार्फत तपाईंको मोबाइल नम्बरलाई पाँच लाख पाउन्ड चिठ्ठा पर्यो भन्ने सन्देश आएको थियो ।
सन्देशसँगै इमेल ठेगाना पठाएर पूर्ण जानकारी पठाउनसमेत सुझाव दिइएको थियो । पटकपटक म्यासेज र फोन आएपछि ती महिलाले उत्साहित हुँदै पैसा पठाउने माध्यम खोजिन् । तर नेपालमा चिठ्टावापतको पैसा पठाउन वकिल खर्च लाग्ने र हुन्डीमार्फत पैसा पठाउन भनियो ।
महिलाले विश्वास नगरेपछि बैंकिङ च्यान प्रयोग गरेर पैसा पठाउने अडान लिएकी थिइन । त्यसपछि महिलाले एसबीआई बैंकको अशोककुमार थापाको नाममा पटक पटक गरी सात लाख २५ हजार रुपैया जम्म गरेकी थिइन् ।
नयाँ शक्ति नेपालले भने अहिलेसम्म यो घटनाको आधिकारिकरुपमा कुनै प्रतिक्रिया दिएको छैन । नयाँ शक्ति नेपालले पुराना पार्टीमा रहेकाहरुले देश निर्माण गर्न नसक्ने बताउँदै नयाँ सोच र विचार भएका मानिसहरु आफूसँग भएको दावी गर्दै आएको छ ।


0 comments
Write Down Your Responses