धरान उपमहानगरपालिकाका प्रशाशकिय अधिकृतलार्इ सेवाग्राहिले चप्पलै चप्पलले हाने किन ?
धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत माथि हातपात गरेको भन्दै आठजना महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ दिउसो १२ बजेतिर नाता प्रमाणितका लागि आएका महिलाहरुले प्रशासकीय अधिकृत खतिवडाले नाता प्रमाणित गर्न नमानेको भन्दै हात पात गरेपछि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान ७ की रेणु तामाङको पतिसँगको नाता प्रमाणित गर्न गएका सोही स्थानकी प्रेमा तामाङ, रीना राई, रेविका राई, सन्धु सुब्बा, शान्त आले मगर, विन्दु लिम्बु र सुष्मा लिम्बुको समूहले कार्यकक्षभित्र हात, खुटा, चप्पल, कुर्सी लगायतले अन्धधुन्ध प्रशाकीय अधिकृत खतिवडामाथि हातपात गरेका कारण पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उहाले आवश्यक अनुसन्धान गरी यस विषयमा कारबाही अगाडि बढाइने बताउनुभयो । घटना भएको केही बेर उपमहानगरपालिका तनावग्रस्त बनेको थियो । समयमा अन्य सेवाग्राही र देउराली चौकीका इन्चार्ज असई छत्रबहादुर श्रेष्ठ समेत घटना स्थलमै रहनुभएकोले थप कुटाइ खानबाट जोगिएको प्रशसकीय अधिकृत खतिवडाको भनाई छ ।
, धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले नाता प्रमाणित गर्ने कागजात नपुगेको कुरा बताउदै गर्दा आक्रोसित भएर आफूमाथि हातपात गरेको बताउनुभयो ।
उहाले केही समय अगाडि पनि रेणु तामाङ आफ्नो श्रीमानसँगको नाता प्रमाणितका लागि उपमहानगरपालिका आएको समयमा आफूले कागजात नपुगेको भनेर फर्काएको बताउनुभयो ।
आज भने सोही विषयलाई लिएर सुनियोजित रुपमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ आएको
बताउदै उहाले कुटपिट गर्नेमाथि कारबाहीको माग समेत गर्नुभएको छ । यता महिलाहरुले पनि प्रशासकीय अधिकृत खतिवडाले अभद्र व्यवहार गरेको र नाता प्रमाणितका लागि आनाकानी गरेकाले हातपात भएको बताएका छन् ।
उनीहरुले नाता प्रमाणितका लागि ७ नं वडा समितिबाट प्रमाणित गरेको कागजात समेत च्यातेर नष्ट गरिदिएको उनीहरुको आरोप छ ।
नाता प्रमाणित गर्न जाने रेणु तामाङको श्रीमानले अर्की श्रीमति लिएर गएको र विहेको प्रमाण केही नरहेको भन्दै यसभन्दा अगाडि नै नाता प्रमाणित गर्न नमिल्ने भनेर स्पष्ट पारिसक्दा पनि समूह नै आएर आक्रमण गर्नु सुनियोजित रहेको धरान उपमहानगरपालिकाका कर्मचारीहको आरोप छ ।
प्रहरीले उनीहरुले कुटपिटका क्रममा प्रयोग गरेको चप्पल समेत बरामद गरी अनुसन्धान अगाडि बढाएको छ ।
0 comments
Write Down Your Responses