रामेछाप घरभई चाँगुनारायण नगरपालिका १० साघुछाप बस्ने बलात्कारी कृष्णबहादुर कामीलाई चौध वर्षको काराबास


२४ चैत भक्तपुर - पन्ध्र वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुषलाई भक्तपुर जिल्ला अदालतले १४ वर्षको कैद सजाय सुनाएको छ । 

बलात्कार आरोपमा पक्राउ परेका रामेछाप घरभई चाँगुनारायण नगरपालिका १० साघुछाप बस्ने वर्ष ५५ का शम्भु भन्ने कृष्णबहादुर कामीलाई जेल चलान गरिएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीस बालेन्द्र रुपाखेतीको इजलासले कामीलाई १४ वर्ष कैद र १ लाख रुपैया क्षतिपूर्ति भराउने फैसला गरेपछि जेल चलान गरिएको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिए । रासस

,

0 comments

Write Down Your Responses