साउदीको रोजगार जोखिममा, नेपाली कामदार फिर्ता हुने तयारी

मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् । 


कच्च तेलको मूलय घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदलारको कटौती गर्न लागिरहेकोले साउदीको राजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग् युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ । 

त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए । साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल र्फकन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नयाँ पत्रिका

,

0 comments

Write Down Your Responses