अबदेखि विदेशमा ज्यान गुमाउने कामदारको परिवारले १७ लाखसम्म पाउने

२५ चैत काठमाडाैं - अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवारले साढे १७ लाख रुपैयाँसम्म पाउने भएका छन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कामका लागि विदेश जाने कामदारको म्यादी जीवन बीमाको बीमाङ्क १० लाख रुपैयाँ पुर्‍याएपछि क्षतिपूर्ति रकम बढेको हो । विदेशमा मृत्यु भएका कामदारको बिमाबापत साढे १४ लाख रुपैयाँ, कल्याणकारी कोषबाट पाइने तीन लाख गरी परिवारले कम्तीमा साढे १७ लाख रकम पाउने भएका हुन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले यसअघि बीमाङ्क पाँच लाख रहेकामा त्यसलाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याउने निर्णय भएको हो । बीमाङ्क रकम शतप्रतिशत वृद्धि भए पनि पि्रमियममा ६५ प्रतिशतमात्रै वृद्धि गर्ने निर्णय बैठकले गरेको बोर्डले जनाएको छ । आगामी वैशाख १ गतेदेखि यो निर्णय कार्यान्वयनमा ल्याउन बिमा समितिसँग अनुरोध गरिएको बोर्डले जानकारी दिएको छ । 

बोर्डले वैदेशिक रोजगारीमा बीमा गराउन बिमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले बिमा अभिकर्ता रकम नदिने व्यवस्था गर्न बिमा नियमावली २०४९ को अनुसूची ११ संशोधनको प्रक्रिया अगाडि बढाउन बीमा समितिलाई अनुरोध गरेको छ ।

,

0 comments

Write Down Your Responses