बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ

मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाएकी छन्। केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङबाट प्राप्त गरे। 


जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ। श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको हो। विमाया पाण्डेकी तेस्रो श्रीमती हुन्। पहिलो श्रीमानको मृत्यु भएको र छोराछोरीले नहेरेपछि विमायाले पाण्डेसँग विवाह गरेकी हुन। 

जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएपछि विमायाले खुसी हुँदै भनिन्,'बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ।' रासस

,

0 comments

Write Down Your Responses