घन्टौ पसिना छुटाउने व्यायामले प्रदान गर्ने फाइदा ५ मिनेटको सहवासको व्यस्त सत्रबाट प्राप्त गर्न सकिन्छ जानीराखौ
पसिना छुटाउने व्यायामले प्रदान गर्ने फाइदा के सहवासको व्यस्त सत्रबाट प्राप्त गर्न सकिन्छ ? के सेक्सलाई पनि व्यायामको रुपमा लिन मिल्छ ?
शोधकर्ताहरुका अनुसार सेक्स केवल सन्तुष्टि तथा यौन आनन्द प्रदान गर्ने माध्यम मात्र होइन व्यायामको एक तरिका पनि हो ।
सेक्सबाट सरीरमा त्यस्ता फाइदाहरु प्राप्त हुन्छन् जो अन्य खाले व्यायामबाट प्राप्त गरिन्छ ।
शोधकर्ताहरुका अनुसार सेक्सप्रतिको सरीरको मनोवैज्ञानिक प्रतिक्रिया व्यायाममा जस्तै हुन्छ ।
सन् १९६० कै दशकमा गरिएको एक महत्वपूर्ण अध्ययनले सेक्सका क्रममा व्यक्रिको स्वासप्रस्वासको दर, मुटुको दर तथा रक्तचाप पनि बढ्ने देखाएको थियो । यी सबै कुराहरु व्यायामको समयमा पनि बढ्ने गर्दछन् ।
हालैका विभिन्न आधुनिक अध्ययनहरुले यो तथ्यलाई थप पुष्टि गरेका छन् ।
क्यानडामा हालै गरिएको एक अध्ययन अनुसार कुनैपनि जोडीबीच हुने प्राकृतिक सम्भोग
मध्यमस्तरको व्यायाम जस्तै हो । व्यायाम तथा सेक्समा हुने उर्जा दहनको हिसाबले यसलाई समान तहमा राख्न सकिने शोधकर्ताहरु बताउँछन् ।
सेक्सले पैदा गर्ने मनोवैज्ञानिक प्रभावका हिसाबले यसलाई व्यायामकै एक रुपमा रुपमा लिन सकिने भएपनि शारीरिक हिसाबले भने यसलाई व्यायामभन्दा फरक गर्न सकिन्छ ।
व्यायामले सरीरका मांशपेशीहरुमा जुन प्रकारको तन्दुरुस्ती ल्याउँदछ त्यो सेक्सले ल्याउन सक्दैन । त्यस्तै सेक्स व्यायामजस्तै नियमित रुपमा हुने काम पनि नभएको हुँदा यसलाई व्यायामको रुपमा लिन नसकिने तथ्य पनि छ ।
शोधकर्ताहरुले सेक्स र व्यायाम दुबैले एक अर्कामा प्रभाव पार्ने तथ्य पनि पत्ता लगाएका छन् । नियमित व्यायामले महिला तथा पुरुष दुबैमा यौन क्षमता तथा यौन आनन्दमा वृद्धि गर्ने शोधकर्ताहरुको भनाई छ । उता सेक्सले खेलकुद वा व्यायाममा नकारात्मक असर पार्ने पूरानो मान्यता गलत रहेको पनि शोधकर्ताहरुको भनाई छ ।
खासगरी खेलाडिहरुले सम्भोगको दुइ घण्टापछि कुनैपनि प्रतियोगितामा भाग लिएमा राम्रो प्रदर्शन गर्नसक्ने अध्ययनले देखाएको छ । तर पुरुषको हकमा सेक्सको दुइ घण्टासम्म भने खेलकुद वा व्यायाममा क्षमता गिरावट भएको हुन्छ ।


0 comments
Write Down Your Responses