विद्रोहीहरुले सिरियाली युद्धक विमान खसाले



सिरिया - सिरियामा सरकारविरुद्ध युद्धरत विद्रोहीले यहाँको सरकारी युद्धक विमानलाई मङ्गलबार खसालिदिएका छन् । 

सिरियाको उत्तरी सहर एलएइस नजिकै सरकारी विमान खसालेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । उक्त विमानका चालकलाई जीवितै अवस्थामा नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध सिरियामा गतिविधि सञ्चालन गर्दै आएको अल नुस्रा फ्रन्टले जनाएको छ । अलेप्पो प्रान्तको रणनीतिक रुपमा विद्रोहीले गतिविधि सञ्चालन गर्दै आएको उक्त सहरबाट गएको शुक्रबार सरकार पक्षरत स्थानीय तथा सुरक्षाकर्मीलाई सहर बाहिर लखेटेका थिए । रासस/एएफपी

,

0 comments

Write Down Your Responses