गाेली लाग्दा पनि उड्न सक्ने विश्वकै लामो विमान (हेर्नुहाेस् भिडियाे)
नौवर्षअघि निर्माण थालिएको विश्वकै सबैभन्दा लामो विमान तयार भएको छ । परीक्षण ‘एअरल्याण्डर–१०’ नाम दिइएको उक्त विमानको परिक्षण उडान भएको छ ।
यो विमानको लम्बाई ९२ मिटर लामो छ । एअरल्याण्डर–१० विश्वकै लामो विमान दाबी गरिएको भए पनि यात्रु भने निकै कम संख्यामा मात्रै अट्नेछन् ।
यो विमानमा ४८ जना यात्रु मात्रै अट्न सक्छन् ।
बेलायतको कार्डिङ्गटन, ब्रेडफर्डशायरमा रहेको एअरलाइन ह्यांगरमा विगत ९ वर्षदेखि यो विमान बनाउने काम भइरहेको छ । यो विमान निर्माण गर्नको लागि २५ मिलियन युरो खर्च भइसकेको बताइएको छ । सन् २०१८ सम्ममा यस्ता १२ प्रकारको विमान तयार पार्ने लक्ष्य रहेको निर्माण कम्पनीले बताएको छ ।
अचम्मको कुरा के छ भने यति लामो विमान उड्नको लागि कुनै रन–वेको आवश्यकता पर्दैन । हेलिकप्टरजस्तै जमिनबाट सोझै माथि उड्न सक्छ । विमानको पहिलो परीक्षण उडान पनि ह्यांगरभित्रै गर्न लागिएको छ ।
विमानमा गोली लाग्दा पनि ठूलो क्षति नहुने निर्माण कम्पनीले दाबी गरेको छ । विमानमा गोली लागेर प्वाल पर्दा पनि उड्न सक्ने उनीहरुले बताएका छन् ।
अहिले प्रयोगमा भइरहेका विमानहरु आकाशमा चरा ठोक्किदा वा अन्य सामान्य चोट लाग्दा पनि उड्न सक्दैनन् ।
२० हजार किलोग्राम तौलको यो विमान एक सय ४८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । त्यसैगरी, हिमयुक्त विमानस्थल, मरुभूमि वा अन्य सामान्य जमिनमा पनि विमानलाई सजिलै अवतरण गराउन सकिने बताइएको छ । नेपालीपत्रबाट


0 comments
Write Down Your Responses