अब ‘जनताको प्रश्नको जवाफ दिन’ प्रधानमन्त्री हरेक हप्ता टीभीमा आउने
वैशाख काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका गुनासो सम्वोधन गर्न भन्दै नयाँ प्रयोग सुरु गरेका छन् । उनी अब हरेक शनिबार सरकारी नेपाल टेलिभिजनमा प्रस्तुत भएर जनताको प्रश्नको जवाफ दिनेछन् ।
गत शनिबारदेखि सुरु भएको ‘प्रधानमन्त्रीलाई सिधा प्रश्न’ नामक कार्यक्रम विश्व कीर्तिमानी सञ्चारकर्मी रवी लामिछानेले सञ्चालन गर्नेछन् । सबैभन्दा लामो समयसम्म टेलिभिजन अन्तरवार्ता लिएको विश्व रेकर्ड लामिछानेको नाममा छ ।
यद्यपि यो कार्यक्रम प्रधानमन्त्री कार्यालयकै सोच भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
‘सामाजिक सञ्जाल, इमेल तथा टेलिफोनमार्फत आएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ,’ दाहालले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्रीले हरेक शनिबार निश्चित समयमा फुर्सद निकाल्न सक्नुहुन्छ त भनेर प्रश्न गर्दा दाहालले जवाफ दिए, ‘सकिन्छ भनेर नै सुरु गरिएको हो ।’
0 comments
Write Down Your Responses