३६ वर्षीया महिलाको १४ श्रीमान १४ बच्चा तपाइँ पत्यउनु हुन्छ ???


एजेन्सी चैत - अमेरिकाको डेट्रोइटमा बस्ने ३६ वर्षीया एक महिलाले हालै आफ्नो १४ औं सन्तान जन्माएर विश्व किर्तिमान कायम गरेकी छिन् । उनले सबैभन्दा धेरै सन्तान पाएर कीर्तिमान कायम गरेकी भने होइनन् । उनको यो विश्व रेकर्ड यस अर्थमा रोचक छ कि उनले पाएका सबै १४ सन्तान १४ वटै अलग–अलग पुरुषबाट जन्मिएका हुन् । 

१४ जना लोग्नेबाट १४ बच्चा जन्माउने उनको यो कीर्तिमान गिनिज बुकको आगामी संस्करणमा समेटिनेछ । उनको नाम हो, अनिता सुलिवान । विश्व कीर्तिमान कायम गरेसँगै उनले गर्व महसुस गरेकी छिन् । अनितालाई उनकी आमाले सानोमा सधैं अल्छी तथा काम नलाग्ने केटी भनेर आरोप लगाउँथिन्, तर आफूले १४ पुरुषबाट १४ वटा बच्चा जन्माएर आफू अल्छी नभएको प्रमाणित गरेको तथा दुनियाँमा कसैले गर्न नसकेको काम गरेर देखाएको उनको दाबी छ । अनिताले पछिल्लो बच्चा हालै हार्पर युनिभर्सिटी अस्पतालमा जन्माएकी थिइन् ।

0 comments

Write Down Your Responses