राजधानीमै बेहोस बनाई लुटियो ३६ लाख !

७ बैशाख । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं भोटेवहालस्थित बाटोमा हिँडिरहेको अवस्थामा काठमाडौं कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ-१ का ३९ वर्षीय शोभाकर पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुघाई उनले बैंकबाट निकालेर ल्याएको ३६ लाख रुपैयाँ नगद र पानासोनिक मोवाइल १ थान सोमबार लुटी फरार भएका छन् । राजधानीमा लुटेराको समूहबाट सोमबार अनौठो तरिकाबाट लुटिएका छन् । सिटिसि मल सुन्धारामा इलेक्ट्रोनिक पसल गर्ने शोभाकर होसमा आउँदा बल्खुस्थित कुमारी क्लबको झाडीमा रहेको खुल्न आएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको बताएको छ ।

0 comments

Write Down Your Responses