१२ बर्ष सम्म् साउदिमा खुन पसिना बगाए , फर्केर घर अाउदा न श्रीमती न सम्पती : कानुनी ढाेका ढकढकाउदै तेह्रथुमका दाेर्ण...
प्रकाश पाक्साँवा / तेह्रथुम – मनभरी सपना बुुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ । तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला श्रमिानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कै सँग भागे पछि उनको सपना चकनाचुर भएको हो ।
रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानकाे माया मारेर कमाएकाे कराेडाै रकम श्रीमतीले कुम्ल्याएर अर्कैसंग फरार भएपछि उनकाे सपना चकनाचुर भएकाे हाे । उनकी श्रीमती सिन्धुलीका दिपक भुजेल सँगै भागेको पिडित दोर्णले बताए ।
तेह्रथुमउनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपक सँग भागेको छोरालाई उनी हराएको केही दिनमा फोन गरेर भनेकाे पिडित दार्णले बताए ।
घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भाली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन । २ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन ।
सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन ।


0 comments
Write Down Your Responses