हराएको पैसा र सामान फिर्ता पाउने यी हुन् भाग्यमानी पुनम
ललितपुर–आईतबार बिहान करिब सात बजेतिर सातदोवाटोमा बेवारिसे अवस्थामा फेला परेको रातो झोला र त्यसमा रहेको करिब चालिस हजार नगद लगायतका अन्य सामग्री ललितपुर प्रहरीले सम्वन्धीत ब्यक्तिलाई फिर्ता गरेको छ ।
आईतबार धनुषाबाट आफ्नो छोराको ब्रतवन्ध सकेर रात्रीबसमा राजधानी फर्केकी पुनम कुमारी ठाकुरले गाडीबाट ओर्लेर ट्याक्सि चढेर हात्तिबन तर्फ जाने क्रममा सो झोला छुटाएकी थिईन् । ललितपुर प्रहरीले सोही दिन सातदोबाटोमा फेला पारेको नगद सहितको सो झोलाबारे संचारमाध्यममा समाचार प्रकाशन भएपछी पुनमले आफ्नो सामान रहेको दावी गर्दै महानगरीय प्रहरी परिसर ललितपुर पुगेकी थिईन् । धनुषाको घोडिवास गाविस–३ स्थायी घर भएकी पुनम ललितपुरको हात्तिवन बस्दै आएकी छिन् । सो ब्यागमा ३७ हजार आठ सय नेपाली रुपैयाँ, एक हजार ६ सय भारतीय रुपैयाँ, महिलाका कपडाहरु र पुजाका सामग्री रहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses