भारतले कश्मिरमा इन्टरनेट बन्द गर्यो, हिँड्न प्रतिबन्ध दुई दिनदेखि कर्फ्यू जारी
एजेन्सी - केही दिनयता जारी तनावले उग्ररुप लिँदै गएपछि भारतले पाकिस्तानी सीमासँग जोडिएको कश्मिरमा बिहीबारबाट इन्टरनेट सेवा बन्द गरेको छ ।
तनावले उग्ररुप लिँदै गएकाले मानिसलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ । अर्कातिर कश्मिरलाई अलग्गै राज्य बनाउन लागिरहेका नेताहरुले कश्मिरमा बन्दको घोषणा गरेका छन् ।
जम्मु कश्मिरान कुपवाडन जिल्लाको हन्दवाडामा गोलीबारीबाट दुई युवासहित तीनजनाको ज्यान गएपछि तनाव बढेको हो ।राज्य सरकारले त्यहाँ बुधबार कर्फ्यू लगाएको थियो ।
श्रीनगरबाट करिब ८५ किलोमिटर टाढा हन्दवाडा शहरमा प्रदर्शनका क्रममा ढुंगा हानिरहेको भीडलाई तितरबितर गर्नका लागि सेनाले गोली चलाएको थियो ।
यो गोलाबारीमा तीनजना मारिएपछि कश्मिरमा हिंसा भड्किएको हो । सडकमा उत्रेको भीडले सेनाका केही जवानलाई स्थानीय युवती जिस्काएको आरोप लगाएका थिए ।
स्थानीयबासीले गाउँकी युवतीलाई जिस्काएको आरोप लगाउँदै सेनाविरुद्ध शुरु गरेको प्रदर्शनले उग्ररुप लिँदै गएको हो ।
समाचार अनुसार जम्मु कश्मिरको हन्ददवाडामा मंगलवार एक युवतीसँग सेनाका जवानले छेडछाड गरेको आरोप स्थानीयले लगाएका थिए ।
यो खबर फैलिएपछि स्थानीबासीले सेनाको बंकरमा ढुंगा बर्साउन थाले । सेनाले त्यसपछि गोली चलाएको थियो । यो घटनामा तीनजना मारिए ।
तर ती युवतीलाई जिस्काएको बारेमा एउटा भिडियो बाहिर आएको छ । जसमा ती युवतीले आफूलाई जिस्काउनेहरु सेना नभइ स्थानीय युवाहरु नै भएको बताएकी छन् ।
0 comments
Write Down Your Responses