नेपालको इतिहासमा फेरी पहिलो पटक आज महिला प्रधानन्यायाधीश सिफारिस हुँदै
काठमाडौं २६ चैत - आज बस्ने संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशको सिफारिस गर्ने भएको छ । परिषदको सिफारिसपछि नेपालको इतिहाँसमै पहिलो पटक महिला प्रधानन्यायाधीश हुनेछन् ।
सर्वाेच्च अदालतकी बरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई परिषदले प्रधानन्यायाधीशमा सिफारिस गर्ने भएको छ ।
२०६५ सालदेखि सर्वाेच्च अदालतमा कार्यरत न्यायाधीश कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुने भएकी छिन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ३० चैतमा अवकास पाउँदैछन् । श्रेष्ठले अवकास पाउने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि आज परिषद बैठक बस्दैछ ।
संबैधानिक परिषदले पूर्णता नपाएका कारण यसअघि बैठक बस्न सकेको थिएन । कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि संबैधानिक परिषदको बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्ष दलको नेता संबैधानिक परिषदको सदस्य हुने कानुनी ब्यवस्था


0 comments
Write Down Your Responses