५ वर्षमा ३ सयसंग सम्बन्ध राखिन यी युवतीले

नेस्सा जय पूर्वी इंग्ल्यान्डको नोर्फोल्क निवासी २४ वर्षिया युवती हुन् । अत्यधिक सम्भोग इच्छा जाग्ने उनले पाँच वर्षभित्र तीनसय पुरुषसँग सम्बन्ध राखिसकेकी छन् र दुई हजारवटा भाइब्रेटर प्रयोगमा ल्याइसकेकी छन् । १६ वर्षको उमेरमा कौमार्य गुमाएकी उनलाई सम्भोग इच्छा अत्यधिक जाग्ने शारीरिक विकृति १९ वर्ष हुँदादेखिको हो । उनले यसबाट पार पाउन ‘थेरापी’ पनि गरिसकेकी छन् तर सम्भोग इच्छामा कुनै कमी आएन । उनी आफैं भन्छिन्- ‘इच्छा जागेपछि जोसित सुत्न तयार हुन्छु ।’ हत्केला चिलाउन र रिस उठ्न थालेपछिको उपचार ‘सेक्स’ भएको बताउने उनले पुरुष साथी खोज्न सुपरमार्केट जाने गरेको बताइन् । आजकल एउटै पुरुष साथीसँग महिनौं दिन बिताउने गरेका कारण संख्या नबढेको दाबी उनको छ । थरिथरिका यौनजन्य खेलौना -भाइब्रेटर) प्रयोग गरिसकेका कारण आफू भाइब्रेटर विशेषज्ञ नै बनिसकेको बताउने उनी दिनमै कम्तीमा पाँचपटक सेक्स नगरी बस्न नसक्ने बताउँछिन् । यसका बाबजुद आफूलाई यौनजन्य कुनै रोग नभएको र पूर्णतः स्वस्थ रहेको बताउँछिन् ।

0 comments

Write Down Your Responses