सिरियल किसर बन्दै रणवीर,एउटै चलचित्रमा नायिकालाइ २३ पटक चुम्बन

रणवीर सिंह र वाणी कपुरको आउँदै गरेको चलचित्र ‘बैफिक्रे’को पहिलो पोस्टर सार्वजनिक भएसंग यो जोडीको अनस्क्रिन केमेस्ट्रीको चर्चा चुलिएको छ । सार्वजनिक भएको पोस्टरमा रणवीर र वाणी ओठ जोडेर चुम्बन गरेको दृश्य देखाइएको छ । खबर अनुसार यो चलचित्रमा यो जोडीले २३ पटक चुम्बन गरेको दृश्य देख्न पाइन्छ ।  
यो चर्चासँगै अब रणवीरलाई सिरियल किसर इमरान हास्मीसँग जोड्न थालिएको छ । लबस्टोरी चलचित्र बेफिक्रे ९ डिसेम्बरमा रिलिज हुँदैछ । यसका निर्देशक आदित्य चोपडा हुन् ।

0 comments

Write Down Your Responses