लेबनान गएको ९ बर्ष सम्म पनि छोरीको अत्तोपत्तो छैन

इटहरी / ४८ बर्षिय तिलमाया प्रधान गहभरी आशु झारदै छोरीको तस्विर हेरेर बसेको ९ बर्ष बितिसक्यो । घरको आर्थिक अबस्था केही सहज हुन्छ कि भनेर तिलमायले जेठी छोरी पद्मा प्रधानलाई लेबनान पठाएको ९ बर्ष बित्दा समेत छोरी फर्केर नआएपछि छोरीको सम्झनामा उही पुरानो तस्विर हेदै आशु झार्न बायक अरु विकल्प छैन तिलमायालाई । २८ बर्षिय छोरी पदमा लेबनान गएको यतिका बर्ष बित्दा समेत उनलाई हेर्न र उनको हालखबर बुझन समेत नपाँउदा उनको मन कति पिरोलिएको होला ? सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा बस्दै आएकी तिलमायाको यो पिडा दिनप्रति दिन झन बढिनै रहेको छ । छोरी पदमा बैदेशीक रोजगारको लागी लेबनान गएको यति धेरै समय हुँदा समेत छोरीको अबस्था कस्तो छ भन्ने समेत बुझन नपाउदा तिलमाय र उनको परिवारमा चिन्ता घटेको छैन । लेबनान गए पश्चात आज सम्म तिन पटक मात्र छोरीसँग फोनमा कुरा भएको तिलमायाको सम्झनामा छ । महिनाको २० हजार कमाई हुन्छ भनेर काठमाडौको एडभान्स रिक्रुटमेन्ट सर्भिस प्रा.लिले पदमालाई लेबनान पाठएको हो । इटहरीमा शाखा बिनाको कार्यालय स्थापना गरेको प्रा.लिले इटहरीकै हर्के राई मार्फत ५५ हजारमा लेबनानमा बालबच्चा हेर्न भनि बिदेश पुराएको थियो । तर गएको ३ महिनामा ४० हजार नगद बाहेक अहिले सम्म पदमाले कुनै पैसा पठाएकि छैनन । पैसा भन्दा पनि छोरीसँग सम्पर्क गर्न नपाउदाँ तिलमाया र उनको परिवार पिडामा परेका हुन । 

लेबनान गएको ३ महिनासम्म हप्ताको दुई पटक सम्म कुरा हुन्थ्यिो, त्यस पछि सम्पर्क हुनै छाड्यो तिलमायाले भनिन । उनले बोक्ने नम्बर अफ मात्र भन्छ, एक पटक छोरीले अर्काे नंम्बरबाट फोन गर्दा पैसा नदिने र कुटने पिट्ने गरेको कुरामा सुनाईन । यस्तो कुरा रुदै घरमा सुनाएपछि कस्को आमालाई तनाव हुदैन र ? तिलमायले भनिन । दोेस्रो पटक फोनमा आफुलाई जसरी भएपनि नेपाल झिकाउनु भन्दै फोन गरेको तिलमायाले बताईन । ३ बर्ष पछि घर बिदा आउने मेनपावरसँग सहमति बनेको थियो, त्यो पनि भएन छोरीले रुदै फोन गरेर नेपाल झिकाउनु भनेपछि घरमा यति धेरै तनाव बढेको तिलमायाले बताईन । उनले भिनिन छोरीले बजार निस्केको समयमा लुकेर फोन गर्दै आएकी थिइन तर अहिले त सम्पर्क नै टुट्यो । छोरी पदमाको बारेमा सोच्दा सोच्दा ज्यान खाइसक्यो बुबा नरबहादुरले भन्छन । बालबच्चा हेर्ने काम भनेपनि खेतमा पनि काम गर्न लगाउने गरेको छोरीले गुनासो गरेको नरबाहदुरले बताए । पठाउने एजेन्ट हर्के राई र मेनपावरलाई तिस पटक भन्दा बढी ताकेता गरिसकेका छन प्रधान परिवारले तर पहल भएको छैन । तिलमाया भन्छिन हामी दुंखी गरिबको बोली कसैले सुनेनन । काठमाडौ गएर पनि त्यहाँका मान्छेलाई भनियो, तर वास्ता गरेनन । हुन्छ तपाईको छोरी हामी झिकाइदिन्छौ भनेको कति भो भो आमा तिलमाया भन्छिन । १५ दिनमा झिकाउछौ भनेका थिए तर मान्छे आएन । छोरीलाई झिकाउन एजेन्ट राईले ४५ हजार पैसा पनि मागेको आमा तिलमायाको भनाई छ । 

 हजुर हामी बोल्न खासै जान्दैनउ, छोरीलाई नेपाल झिउन धेरै पहल गरियो तर कसैले हाम्रो पुकार सुनेनन गहभरी आशु झादै तिलमायाले भनिन । पावर पहुँच हुनेहरुको मात्र बोली बिक्दो रहेछ यहाँ । इटहरीका एजेन्ट हर्के राईलाई भेट्न जाँदा म चिन्दीन मलाई थाहा छैन पनि भन्यो भाई पदम प्रधानले बताए । राईलाई प्रहरी कार्यालय पनि लगेको बताउदै पदमले श्रमबाट पत्र आएपछि मात्र कारबार्हि गर्ने भनेपछि आश मरेको बताए । पासर्पाेट लगायत सबै कागजात उतै मालिकले खोसेको हुनुपर्छ नत्र मान्छे भागेर पनि आउछ भाई पदमले भने । दिदिलाई धेरै पटक यातना दिइएको छ फोनमा रुदै कुरा गर्दा मलिकले कहिले फोन खोस्ने कहिले हामीलाई गाली गर्ने जस्तो काम भयो, अब हामीले के गर्ने हो थाहा छैन ? पदमको भनाई छ । 

प्रसाशनले हाम्रो पिडा सुन्ने मात्र काम गर्छ तर सुनुवाई गरेन । दिदिको बारेमा प्रधानमन्त्री सचिवाल, नेपाल सरकारको राजदुतको कार्यालय लगायत अन्य निकायमा पनि सुनुवाईको लागी पत्र बढाएको पदमले बताए । तर जवाफ कतैबाट आएन भाई पदमले भने । आमा तिलमाया भन्छिन छोरीको मायाले धेरै सताउछ । ९ बर्ष सम्म आफनो सन्तानको अत्तोपत्तो नहुदा मर्नु न बाच्नुको अबस्थामा ल्यादिएको उनले मनको बह पोखिन । यो देशमा अन्याय परेकाहरुलाई न्याय दिने को छ र ? उनले प्रश्न गरिन । 

यता तिलमाया र उनको परिवारले छोरी पद्मालाई नेपाल झिकाउन पहल गर्दिन संञ्चारकर्मी, नागरिक समाज र प्रसाशन समक्ष आग्रह समेत गरेका छन । पद्मा हाम्रो मात्र चेली हैन सबैको चेली हुन बिदेशमा नेपाली चेलीको अज्ञात अबस्था हुँदा सबैले सोचेर आवास उठाई दिनु हुन तिलमायाले सबैलाई आग्रह गरिन । मेरी छोरीलाई चाढै नेपाल झिकाइदिनु होला ।

0 comments

Write Down Your Responses