ऋण गरेर बनाएको च्याम्राङबेसी गाविस ९ का शेषानन्द बास्तोलाको घर धुरी मारेकै दिन भूकम्पले भत्काइदियो
१२ वैशाख, काठमाडौं - साहुसँग लिएको ऋण जस्ताको तस्तै छ, तर टहरा बनाउन फेरि ऋण लिए । घर बनाउँदाको तीन लाख ऋण तिरेको छैन् ।
भूकम्पले टहरा बनाउन ५० हजार ऋण लागिसक्यो, गाँस न बासको अवस्था छ उनले भने । आजको नयाँ पत्रिकामा समाचार छ ।
फलामेदार ५ का कान्छा तामाङ भूकम्पले भत्किएको घर बनाउन नपाउँदा चिन्तित छन् । टहरामा २ नातिका साथ बसेको वर्ष दिन भइसक्यो । सरकारको बाटो हेर्दाहेर्दै थाकिसकेका उनी ऋण काढेर घर बनाउने सोचमा छन् ।
‘पक्की घर बनाउँ नसकिदैन, ढुंगा माटाकै घर बनाउँ भने फेरि भूइँचालोले भत्काउला भन्ने चिन्ता छ,’ उनले भने । सरकारी राहतमा हुने संकट र ढिलासुस्तीले झनै समस्या थपिएको सर्वसाधारणको भनाई छ ।


0 comments
Write Down Your Responses