श्रीमतीको पीडा बिर्साउन भूकम्पपीडितले बनाए श्रीमतीको सालिक
१३ वैशाख काठमाडौं - घरायसी काम सकेर बारपाक ८ कोटडाडाका शेरबहादुर गुरुङ एक वर्षअघि आँगनमा टहलिँदै थिए ।
उनकी श्रीमती नौतानी आराम गर्न खाटमा पल्टिएकी थिइन् । एक्कासि जमिन हल्लियो । एक निमेषमै घर भत्किएको घरले पुर्यो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनले घर खोतलेर १५ मिनेट पछि श्रीमतीलाई निकाले र पानी पिलाउन खोजे तर श्रीमती नौतानी पानी पिइनन् । उनले धड्कन छाने । मुटुको धड्कन चलेको थिएन ।
‘श्रीमतीकेा दाहसंस्कार त गरेँ तर, सम्झना सधैैँ आइरहृयो, शेरबहादुरले भने आँखैअगाडि उनको अनुहार मात्र घुम्छ, त्यसैले उनको सालिक ठड्याएँ ।’
भूकम्प गएको एक वर्षको अवसरमा राष्ट्रपति बारपाक आउँदा अधिकांश स्थानीय त्यतै गए । तर, शेरबाहादुरले भने आफन्त र छरछिमेक बोलाएर श्रीमतीको सालिक राखेर अनावरण गरे ।


0 comments
Write Down Your Responses