प्रहरीद्वारा अनलाइनखबरकर्मीमाथि आक्रमण फोटो पत्रकार कविन अधिकारी घाइते

२८ चैत काठमाडौं - निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीहरुको समाचार संकलनमा खटिएका पत्रकारलाई प्रहरीले आक्रमण गरेको छ । 

अनलाइनखबरका फाेटाे पत्रकार कविन अधिकारी घाइते भएका छन् । आन्दोलनको फोटो किन खिचेको भन्दै प्रहरीहरुले नियन्त्रणमा लिएर केही पर लगी लाठी प्रहार गरेका थिए । प्रहरीले क्यामेरासमेत खोसेर फुटाइदिन खोजेका थिए । तर अधिकारीले क्यामेरा बचाउन सफल भएका छन् । 

घटनास्थलमा डीएसपी प्रदीप केसीकाे नेतृत्वमा प्रहरीहरू खटिएका छन् । ट्रेड युनियनको निर्वाचन घोषणा गरिएकाे विराेधमा एमाअाेवादी, वैद्य एमाअाेवादी र मधेसी दल निकट कर्मचारीहरू सरकारी कामै राेकेर अान्दाेलनमा उत्रेका छन् । कांग्रेस र एमाले लगायतका दलका कर्मचारी संगठन भने ट्रेड युनियनको निर्वाचनको पक्षमा छन् ।

0 comments

Write Down Your Responses