बाबु छोराको लागि विदेशमा पसिना चुहाउने, छोरा भने त्यहीबाबुसँग फिरौती माग्ने
विराटनगर / अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख फिरौती माग गर्ने एक युवा पक्राउ परेका छन् । सिरहा घरभई विराटनगरमा बसेर इञ्जिनियरिङ पढ्दै गरेका १९ वर्षीय कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका हुन् । विराटनगरको एक गेस्ट हाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।
कृष्णकुमारले आफू अपहरणमा परेको र तत्काल पाँच लाख नदिए ज्यानसमेत लिन धम्की दिँदै घरपरिवार र विदेशमा रहेका आफ्ना बाबुलाई एसएमएस पठाएका थिए ।
छोरा अपहरणमा परेको सूचना आएको जानकारी परिवारमार्फत पाएपछि मोरङ प्रहरीले कृष्णले प्रयोग गरेको मोबाइल ट्रेस गरेर खोजी थाल्यो । खोजीका क्रममै उनी विराटनगरको एक गेस्ट हाउसमा फेला परेका थिए ।
पक्राउ परेपछि कृष्णले आफूले जिस्किएर बाबुर र परिवारलाई अपहरणको सूचना पाठाएको प्रहरीलाई बयान दिएका छन् ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।
0 comments
Write Down Your Responses