चार वर्षीय बालक ‘गर्भवती’ ! के हो फोइटस इन फेटु ?

२५ चैत्र | एक दुर्लभ रोगका कारण भारतका एक चार वर्षीय बालक गर्भवती देखिएका छन् । पश्चिम वंगालका ती बालकको पेटमा जन्मिदै भ्रूण रहेको थियो । बालकमा भ्रूणभित्र भ्रूण हुने समस्याले पीडत भएका हुन् । यो रोग हरेक पाँच लाख मध्ये एक जनामा देखिन्छ । अहिले सम्म विश्वभर जम्मा २ सय जनामा यस्तो समस्या देखिएको छ । गत साता ती बालकले आफूलाई खपि नसक्नु पेट दुखेको बताएपछि अस्पताल लगिएको थियो । सुरुमा त उनलाई ट्युमर भएको हुन सक्ने चिकित्सकले अनुमान गरेका थिए । तर अल्टासाउड र सिटी स्क्यान गर्दा बालकको पेटमा मृत भ्रूण देखेपछि चिकित्सकहरु तीन छक परेका थिए । बच्चाको शल्यक्रिया गरेका डा श्रीसहेन्डु गिरीले भने, ‘मृत भ्रूणका हात, खुट्टा, नङ र आशिंक रुपमा टाउकोको आकार रहेको थियो ।’

 लामो शल्यक्रियापछि सो भ्रूणलाई पेटबाट फालिएको थियो । अहिले ती बालक पूर्ण रुपमा स्वस्थ रहेको प्राप्त समाचारमा जनाइएको छ । अंग्रेजीमा फोइटस इन फेटु नाम दिइएको यस रोगबाट पछिल्लो समयमा दक्षिण एशियका केही बालबालिका पीडित भएको बताइन्छ । 

के हो फोइटस इन फेटु ? 
फोइटस इन फेटु यस्तो अवस्था हो जहाँ जुम्ल्याहा भ्रूणमध्ये एउटा एउटा विग्रिएको भूण पनि बच्चामा देखिन्छ । ८० प्रतिशतमा यो भ्रूण पेटमा देखिन्छ, तथापी केहीमा भने यस्तो समस्या दिमागको खप्परमा देखिन्छ । कसै कसैको पिठ्युमा र निधारमा समेत देखिन्छ । विश्व स्वास्थ्य संगठने यस रोगलाई एक प्रकारको क्यान्सर बताएको छ । सामान्यतया बच्चा जन्मिदा पेटभित्र जीवित हुदैन तर शरिरभित्रको सो भ्रूणले बालबालिकालाई भने जीवनभर सताउन सक्छ ।

 जुम्ल्याहा भ्रूण उत्पादन गर्नेमा यस्तो समस्या देखिने गर्छ । जुम्ल्याहा भ्रूणमध्ये एउटा भ्रूणबाट बच्चा बन्ने र अर्काे भ्रूण आमाको सालबन्ने आन्द्रा (जहाँ बालकको नाईटो जोडिएको हुन्छ) मार्फत बालकको पेटमा पुग्दा (अन्य अंगमा पनि पुग्न सक्छ) यो समस्या देखिने चिकित्सकहरु बताउछन् । 

यसअघि सन् २००९ मा बेलायतमा एक एक वर्षीय बालिकाको पेट सुन्निएपछि शल्यक्रिया गर्दा यस्तै भ्रूण देखिएको थियो । सन् २०११ मा चीनमा एक ११ वर्षीय बालिकाको ढाडमा पाखुरा पलाएर शल्यक्रिया गरिएको थियो । ढाडभित्र रहेको अविकसित भ्रुणका कारण यो समस्या रहेको चिनियाँ चिकित्सकले बताएका थिए। 

0 comments

Write Down Your Responses