नेपालको भूकम्पपीडित बालबालिकाको पक्षमा लण्डनमा प्रदर्शनको तयारी
लण्डन । भूकम्पपीडित बालबालिका नेपालबाट बिक्री भइरहेको समाचार सार्वजनिक भएपछि देशैभर र बाहिरबाट पनि यसको व्यापक बिरोध भएको छ । यसैबीच बेलायतमा रहेको नयाँ शक्ति पार्टीले विश्वलाई ध्यानाकर्षण गराएको छ ।
हामी कति गरिब र दरिद्र छौँ भन्ने तथ्य झल्कने गरी प्रकाशित भएको यस्तो समाचारप्रति बक्तब्य र हलुका प्रतिक्रिया दिने मात्र हैन, सबै नेपालीले विश्वव्यापी रुपमा एक भएर बालबालिका बेचबिखनबिरुद्ध सम्बन्धित निकाय र सरोकार वालाको ध्यान केन्द्रित गराउने उचित समय भएको नयाँ शक्ति बेलायतले आफ्को विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘अवश्य पनि बेलायतका विभिन्न संस्था र व्यक्तिहरुको बिरोधपछि बेलायत सरकारले छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर यसबिरुद्ध अन्तर्रास्टि्रय छानबिनको माग गर्दै ध्यानाकर्षण गराउन आगामी अपि|mल १० मा हामी कम्तिमा संसारभरिबाट आफ्नो इच्छा अनुसारको प्ले कार्ड बनाएर १ घण्टा मुलुकका बालबालिकाको निम्ति मौन प्रदर्शन गर्दै उभिऔं । यसले कम्तिमा नेपाली यस्तो बेचबिखन मलजल गर्ने हैन यो घटना प्रति चिन्तित छन् भन्ने संदेश जानेछ ।’
उनीहरुले बिभिन्न माग राखेर शान्तिपूर्ण तरिकाबाट बेलायतमा बिरोध प्रदर्शन गर्ने तयारी गरिरहेको छ । आगामी आइतबार नयाँ शक्ति बेलायतले लन्डनको ट्राफलगर स्क्वायर बिरोध कार्यक्रमको आयोजना गरेको हो । उनीहरुले सार्वजनिक भएका समाचारको बारेमा अन्तर्राष्ट्रिय छानविन हुनुपर्ने, बाल हकहितको निम्ति भनेर खुलेका सबै संस्थाहरुलाई ध्यानाकर्षण गर्न, बालश्रम शोषणबिरुद्ध आवाज उठाउन लगायतका रहेका छन् ।


0 comments
Write Down Your Responses