मृत्यु अघि प्रत्युषाले यसो भनेकी थिइन् ।

मुम्बई । टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जी ‘बालिका बधु’ले मृत्युको तीन दिनअघि मात्रै आमालाई फोन गरेर भनेकी थिइन् ‘आमा म टिभी सिरियल छाडेर घर आउँछु के तपाई मलाई साथ दिनु हुन्छ ?’ आमाले जवाफमा भनेकी थिइन् । ‘तिमी मेरी छोरी हौ म तिमीलाई जीवनभर साथ दिन्छु ।’

उनका आमा शोमा र बुबा शंकर बनर्जीका अनुसार ५/६ वर्षकै हुँदादेखि प्रत्युषाले जिद्दी गर्दै टिभीमा जाने कुरा गर्थिन । उनको आमाको अनुसार उनी आत्महत्या गर्ने खालकी केटी होइनन् । बुबा शंकरले राहुलराजले प्रत्युषालाई बन्धक बनाएर राखेको आरोप लगाए ।

 प्रत्युषाको मृत्युपछि केही शंकरको प्रत्युषाको साथीहरुसँग भेट भएको थियो । भेटमा प्रत्युषा साथीहरुले प्रत्युषाले बुबा आमालाई केही भन्न खाजेको तर, राहुलराजले नदिएको जानकारी गराएका थिए । ‘केही भनेमा प्रत्युषाको बाबु आमाको सफाय गर्ने धम्कि दिएका थिए राहुलले ।

’ प्रत्युषाको एक साथीले भनिन् । प्रत्युषाका काका किंशुक मुखर्जीका अनुसार तीन महिनादेखि निकै तनाबमा थिईन् प्रत्युषा । किंशकुका अनुसार तीन महिनदेखि राहुलराजले आफन्तहरु कसैलाई पनि भेट्न दिएको थिएन । यतिसम्म की प्रत्युषाका आफन्तहरुलाई पनि उनकोमा आउन निषेध गरेका थिए ।

 राहलुराजले प्रत्युषाको एटीएम र क्रेडिट कार्ड पनि आफैंले लिएका थिए । टिभीप्रति असाध्यै लगाव भएकै कारण उनका बुबाले रंगमञ्च र फेशनसंग जोडिदिएका थिए प्रत्युषालाई । जमशेदपुर को केरला पब्लिक स्कुल पढेकी प्रत्युषा स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा जहिल्यै पुरस्कृत हुन्थिन् ।

 सन २०१० मा ‘बालिका बधु’ मा उनी अडिसनवाट छानिएकी थिईन् । १७ वर्षको उमेरमा ‘बालिका बधु’मा अभिनय गरेकी प्रत्युषालाई आफ्नो प्रेमी राहुलराज विवाहित भएको थाह थिएन । राहुलराजले आफु विवाहित भएको कुरा लुकाएका थिए ।

0 comments

Write Down Your Responses