कपाल झर्न रोक्ने र उमार्ने यी हुन घरेलु उपाय जानी राखौ
काठमाडौं - पहिला पहिला कपाल झरेर टाउको खुइलने समस्या बुढापाका मानिसमा मात्रै देखिने गर्दथ्यो । तर, यो समस्या किशोर किशोरीमा पनि देखिन थालेको छ ।
हाम्रो खानपान र जीवन शैलिका कारण कपाल झर्ने समस्या बढेको चिकित्सकहरू बताउँछन् । आफ्नो जीवन शैलिलाई सुधार गर्न नसक्दा महिला र पुरुष दुबै टाउको खुइलने अवस्था आएको हो ।
कलाप झरेपछि किशोर–किशोरीहरू बुढोदेखिने भएपछि धेरैलाई चिन्ता लाग्न सक्छ । आजकाल वैज्ञानिक तरीका जस्तै हेयर ट्रन्सप्लान्टेशन, स्टेम सेल प्रविधि, लेजर ट्रिटमेन्ट र हेयर बिंगले पनि कपाल खुइलेकाहरूलाई थोरै भए पनि राहत भएको छ । तर यो झन्झटिलो विषय पनि रहेको छ ।
पछिला दिनमा वैज्ञानिहरूले मुसामा प्रयोग गरेर कपाल झर्ने र उमार्ने विधि पनि पत्ता लगाएका छन् । कलाप झर्ने समस्यालाई थेरेपीबाट पनि रोक्न सम्भव छ । उनीहरूले कपाल झर्ने समस्या रोक्ने ‘जीन’ पनि पत्ता लगाएका छ् । ‘जीन’ले प्रोटीनको गतिविधिलाई बढाउन मद्दत गर्छ र कलापलाई आवश्यक पौष्टिक तत्व उपलब्ध गराइ झर्नबाट रोकथाम गर्छ ।
शोधकर्ता डा.जार्ज कोस्टारेलिसले दाबीका साथ भनेका छन्, ‘कलाप झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सजिलो उपाय छ ।’ उनका अनुसार टाउकाको कपाल झर्न त्यहाँ रहने साना–साना कपालका आर्गन खराब भएर हुन्छ । यो आर्गन कपाल उमार्नका लागि मद्दत गर्छ । यसैलाई बचाउनु तपाईले ध्यान दिनुपर्छ ।
मेथी र दही
कपाल झर्ने समस्याबाट छुटाकार पाउन मेथी गुणकारी हुन्छ ।
मेथीलाई एकरातभरि पानीमा भिजाउने । त्यसपछि दहीमा मिलाएर पेष्ट तयार पार्ने । मेथी र दहीको पेष्ट कलापको जरासम्म लगाउने । यसलाई एक घन्टासम्म रहन दिने । यस्तो गर्नाले कलापको जरामा फाइदा पुग्ने र त्यसले कपालमा हुने चायालाई पनि हटाउँछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ । जसले कपालको जरासम्म पोषण पुगाइ कपाल उर्मान मद्दत गर्छ ।
उर्द (कालो) दालको पेष्ट
कलो दाल अर्थात उर्दको दालको बाहिरी बोक्रालाई उमालेर पिस्ने । र त्यसबाट बनेको लेपलाई कलापमा राति सुत्नुभन्दा अगाडि कपालको जरासम्म पुग्ने गरी लगाउने । लेप लगाइ सकेपछि सुत्ने बेला कपडा फोहोरो नहोस् भनेर तौलियाले बाँधेर सुत्नुहोस् । यो प्रक्रिया तपाईले लगातार केही दिनसम्म गर्नुपछ । त्यसपछि कलाप आफै उमर्न थाल्छ ।
हरियो धनियाको पेस्ट
हरियो धनियाको पेस्ट बनाएर टाउकोमा लगाउँदा कपाल झर्ने समस्या हट्न सक्छ । हरियो धनियाको पेष्ट कपाल झरेको स्थानहरूमा लगाउनु पर्छ । यो कार्य एक महिनासम्म गर्नुपर्छ । त्यसपछि यसले आफ्नो काम गर्न सुरू गर्छ ।
केरा र कागती
एक कोशा केरामा कागतीको रस मिसाएर पेष्ट बनाउने । त्यसलाई कपालमा लगाउने । यसले पनि कलाप उमार्न मद्दत गर्छ । यसले कलाप झर्ने समस्यालाई पनि कम गराउँछ ।
प्याज
ठूलो प्याजलाई बीचबाट काटेर कपाल झरेको स्थानमा राखेर हल्कासँग चलाउने । यो कार्य प्रत्येक दिन छ मिनट गर्नुपर्छ । यसले कलाप झर्ने समस्या अन्त हुनुका साथै नयाँ कपाल उमर्न थाल्छ । (एजेन्सीको सहयोगमा)
0 comments
Write Down Your Responses