सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झनामा वैशाख १२, १३ र १४ गते के–के गरिदैछ भुकम्पको सम्झनामा
काठमाडौ,७ बैशाख ।
सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ ।
यसैगरी भूकम्प प्रभावित जिल्लामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा हुने काम पनि सम्बन्धित मन्त्रालयहरुले यही तीन दिनमा सुरु गर्ने निर्णय भएको प्राधिकरणका एक अधिकारीले जनाएका छन् ।
0 comments
Write Down Your Responses