अमेरिकाको ग्रिनकार्ड छाड्दिन - सरोज खनाल भिडियो अन्तर्वार्ता

सरोज खनालले १७ बर्ष अमेरिका विताए । एक बर्ष अघि व्यवसाय गर्न नेपाल फर्किएका थिए । अप्रिल १ मा आफ्नो फिल्म सहित उनी एक महिनाका लागि अमेरिका भ्रमणमा छन् । तीन दर्जन नेपाली फिल्ममा अभिनय गरेका सरोजले अमेरिका भ्रमणका क्रममा नेपाली फिल्म प्रेम गित र नेपालमा आफ्नो गतिविधिवारे पत्रकार डोल्मा लामा र शंकर वाग्लेसँग स्पष्ट धारणा राखे । भर्खरै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका सरोज फिल्म, व्यवसाय र भावि योजनाका वारेमा भन्छन्: 


१) प्रेम र पारिवारिक चलचित्रमा एउटा राम हुन्छ सिता हुन्छिन् र रावण हुन्छ यी आधारमा फिल्म वन्ने हो । तर, प्रस्तुती फरक हो । प्रेम गित किशोर किशोरी प्रेम कथामा आधारीत केही शिक्षा र वढी मनोरञ्जन दिने सिनेमा हो । 

२) म चुपचाप नेपाल गई आफ्नो व्यवसाय गर्ने सोचमा गएको थिएं । वुढो भएर आयो नेपाललाई बृद्धाश्रम सम्झेर आयो भने कुरा काटे मैले बोलेर होइन मैले काम गरेर देखाउने हो । 

३) देशको सेवा गर्न चाहने हो भने उमेरले सक्दैन उमेर नम्बर मात्र हो १८ बर्ष हुदां पनि केही गर्नु भएन भने अर्थहुदैंन ७० बर्षमा पनि राम्रो काम गर्ने छन् । 

४) मैले दुई तीन वटा व्यवसाय गरेको छु । खनाल पोल्ट्री चितवनमा छ । मैले डा मदन राईको सहयोग सल्लाहमा अगार्निक खेती शुरु गरेको छु । एक दुई वटा जुत्ताको पसल थापेको छु । 

५) नयां शक्ति पार्टीमा लागेको छु यसमा धेरै नबोलौ यसमा पनि केही गरेर देखाउंछु भन्ने छ । बावुरामजीले बोलाउनु भयो मैले उहांप्रति धेरै प्रश्न गरें उहाको भिजन मलाई मन पर्यो । ६) म ग्रिन कार्ड होल्डर हो यो छोड्दा पनि छोड्दिन तर, नेपालमा केही गर्छु । 

हेर्नुस् भिडियो अन्तर्वार्ताः

             

,

0 comments

Write Down Your Responses