यसरी खिल्ली उडाए सलमानको फ्यानहरूले ‘सुल्तान’को

सलमान खानको प्रतिक्षित फिल्मको पहिलो पोस्टर र टिजर रिलिज गरियो । रिलिज गरिएको पोस्टरको यथार्थमा भने फ्यानहरूले शंका व्यक्त गरेका छन्। उनीहरूले पोस्टरमा फोटोसप गरिएको आशंका गरेका छन्। उनीहरूले सोही आशंकालाई टेक्दै सलमान खानको खिल्ली उडाएका छन्। सलमा खानको मजाक सामाजिक संजालहरूमा खिल्ली उडाउनेसँगै पोस्टरमा रहेको सलमानको लुकको तारिफहरू पनि भएका छन्। फिल्म यसै वर्षको ईदमा रिलिज हुनेछ। फिल्ममा एउटा कुस्तिबाजको कथा रहेको छ। यशराज फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई डेब्यू निर्देशक अलि अब्बास जफरले निर्देशन गरेका हुन्

0 comments

Write Down Your Responses