मागेरै महिनाको ७५ लाख भन्दा धेरै कमाउने भिखारी पक्राउ
संयुक्त अरब इमेरेट्सको दुबइमा भिख मागेर महिनाको ७५ लाख नेपाली रुपैंया भन्दा धेरै कमाउने भिखारी पक्राउ परेका छन्।
दुबइ महानगरपालिकाका निरिक्षकले केही समयअघि पक्राउ गरेकामध्ये एक भिखारीले मासिक २ लाख ७० हजार दिरामभन्दा धेरै कमाइ गरिरहेको खुलासा भएको हो।
सन् २०१६को पहिलो ३ महिनामा दुबइमा ५९ भिखारी पक्रउ परेका महानगरका बजार विभाग प्रमुख फैसल अल बदिअवीले एक विज्ञप्तिमा जनाएका छन्।
दुबइबाट भिखारी हटाउन महानगरले युएइ प्रहरीसँगको सहकार्यमा अभियान चलाइरहेको छ। यहि अभियानका क्रममा ती भिखारीहरू पक्राउ गरिएको उनले बताएका छन्।
'कतिपय भिखारीसँग बिजनेस र भ्रमण भिषा लगाइएका पासपोर्ट छन्,' उनले पत्रकारहरूसँग भने।
उनले भने, 'धेरैजसो भिखारीहरू वैधानिक रुपमा नै दुबइ आएका छन् । उनीहरू तीन महिनाको भिषामा दुबइ आउँछन् र यो अवधिमा सकेसम्म धेरै पैसा जम्मा गर्छन्।'
एक जनाले महिनाको २ लाख ७० हजार दिरामसम्म संकलन गरेको उदाहरण दिँदै अल बदीअवीले भने, 'शुक्रबार मस्जिद अघि बस्ने भिखारीले धेरै पैसा जम्मा गर्छ।'
दुबइ महानगरपालिकाले सडकबाट भिखारी हटाउन एकवर्षदेखि प्रयास गरिरहेको छ। सन् २०१५ यता १९७ भिखारी पक्राउ परेका छन्।
0 comments
Write Down Your Responses