वैशाख १२ को शुरुमै भूकम्पको धक्का, आजाको दिनभर सचेत रहन आग्रह

काठमाडौं - शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेको बिहानै भूकम्पको धक्का महसुस भएको छ । 


बिहान २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको साल्मे गाउँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले तिब्बतको केही भाग र नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा सामान्य धक्का महससुस भएको थियो । ठीक एक वर्षअघि बिहान ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा नेपालमा करिब साढे आठ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो । 

0 comments

Write Down Your Responses