बिहेको कुरा टार्न केटीहरुले बनाउने एक दर्जन बहाना

Add caption
अहिले समय परिवर्तन भैसकेको छ । सानै उमेरमा छोरीहरुको जबर्जस्ती मन्जुरी बेगर नै बाउआमाले केटा खोजेर अन्माइदिने चलन निकै कम भैसकेको छ । 

 अझ सहरिया युवतीहरुको हकमा त यस्तो जबर्जस्ती एकादेशको कथा भैसकेको छ । अहिले महिलाहरुले पनि आफ्नो करिअरलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् र विवाहलाई दोश्रो प्राथमिकतामा ।

 उनीहरु पनि माया, प्रेम, सम्बन्ध जस्ता विषयमा सोँच्न त सोँच्दछन् तर करिअर तथा जिवनका अन्य महत्वपूर्ण कुरालाई भुलेर होइन । महिलाहरु बिहे गर्न त अवश्य चाहन्छन् तर आफु तयार भैसकेपछि मात्र । अरुको दबाबमा परेर होइन । एकातर्फ आम महिलाहरुको सोँचमा आमूल परिवर्तन आइसकेको छ । तर समाजको एउटा ठूलो हिस्सा अहिलेपनि केटीहरुको बिहेको कुरामा निकै अड्डी कस्दछ । 

 केटीहरुले २५ वर्षभित्रमा अनिवार्य बिहे गर्नुपर्छ भन्दछ । त्यसैले यस्तो परिवार तथा समाजलाई झेल्नु युवतीहरुको लागि फलामको च्युरा चपाउनु जस्तै हुन्छ । बिहे गर्न तयार नभैसकेको अवस्थामा परिवार तथा आफन्तबाट आउने बिहेका प्रस्तावहरु टार्नका लागि केटीहरुले विभिन्न बहाना बनाउने गरेका हुन्छन् । केही त्यस्ता बहाना तथा तर्कहरु यस्ता हुन्छन्:

 मैले अझै पढ्न चाहन्छु ।

 म विदेश जान चाहन्छु । 

त्यसपछि मात्र बिहेको बारेमा सोचौँला । 

अहिले म आफ्नो करिअरमा केन्द्रित हुन चाहन्छु । 

मलाई केटाहरुको मामिलामा कुनै रुची नै छैन । 

मैले बिहे नै गर्न चाहन्न । 
पहिले मलाई केही वजन घटाउन दिनुस् । 

त्यसपछि मात्र बिहेको बारेमा सोचुँला । 

मलाई खाना बनाउन आउँदैन । 

पहिले खाना बनाउन सिक्छु, अनि बिहे गरौँला ।

मलाई कुनैपनि केटाले मन पराउँदैन । 
मैले अहिलेसम्म पनि मेरो पूरानो मायालाई भुल्न सकेकी छैन । 

अहिले म केवल आफ्नैलागि मात्र जिउन चाहन्छु ।

 म अहिले पैसा कमाउन चाहन्छु, बिहे होइन । 
म आफ्नो आमाबुवालाई छाडेर कहीँपनि जान्न ।

0 comments

Write Down Your Responses