ग्यास सर्वसाधारणलाई सहज रूपमा कहिले???
नाका खुलेको पनि ३ महिना भइसकेको छ। दैनिक रूपमा भारतबाट ५५ बुलेट ग्यास आइरहेकाे छ।
तर सर्वसाधरण जनताले भने अझै महिनौं दिनसम्म एउटा ग्यासको लागि लाइन बस्न पर्ने अवस्था किन सरकार?
के पहँच हुनेले मात्र ग्यास पाउने हो र? आफुले २ महिना देखि सिलिन्डर खाली हुँदा पनि ग्यास पाउन सकेको छैन।
नेपाल आयल निगम भने जहिले पनि आएको जति इन्धनको परिमाण उपभोक्ता लागि वितरण गरिरहेको छ भन्ने सुन्छु।
उनीहरुले उच्च पदका व्यक्ति र आफ्नो नातेदारका लागि मात्र वितरण गरिरहेका त छैनन्?
हामी जस्ता सर्वसाधारण जनताले कोठामा खाना खान कहिले पाउने?
0 comments
Write Down Your Responses