स्थानीय निकायको निर्वाचनको तयारीमा

२ वैशाख मोरङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

नेपाली काँग्रेस गाउँ कार्यसमिति भौडाहाले नववर्षको उपलक्ष्यमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब चाँडै स्थानीय निकायको निर्वाचन हुने भएकाले मतदाता नामावलीमा नाम नभएका र छुटेकाको नाम अद्यावधिक गर्ने कार्यमा लाग्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे । देश सङ्घीयतामा गइसकेकाले अब गाउँपालिका निर्माणका लागि स्थानीयस्तरबाट जुट्न उनले आग्रह गरे । साथै नागरिकताको विषयमा अझै पनि मधेसका ग्रामीण क्षेत्रमा भ्रम हट्न नसकेकाले घर–घरमा गएर नागरिकताका विषयमा संविधानले व्यवस्था गरेको प्रावधानका विषयमा जानकारी गराउन उनले अाग्रह गरे ।

0 comments

Write Down Your Responses