बिहे गर्नुका पाँच फाइदा, जुन अरूमा पाइंदैन

बिहे गर्नुका पाँच फाइदा, जुन अरूमा पाइंदैन अनलाइनखबर 7 प्रतिक्रिया 864 शेयर loveहँसिमजाकमा भन्ने गरिन्छ की बिहे भनेको त्यस्तो लड्डु हो जसलाई खाँदापनि मानिस पछुताउनु पर्छ र नखाँदा पनि पछुताउनु पर्छ । 

 तर यति हुँदाहुँदै पनि अर्थात् मानिसलाई पछुतोमा पार्ने गरेपनि बिहेले मानिसलाई ती सबै कुरा दिन्छ जुन अरु दोश्रो चिजले दिन सक्दैन । बिहे गर्नुका धेरै फाइदा छन्, जुन यस्ता छन्:

 मानिसहरुले विश्वास गर्न थाल्दछन्: 
 थाहा छैन किन यस्तो हुन्छ ? तर समाजमा अविवाहित मानिसहरुलाई भन्दा विवाहित मानिसहरुलाई बढि विश्वास गरिन्छ । अविवाहित केटीहरुले समेत विवाहित पुरुषहरुमा बढि विश्वास गर्दछन् ।

 आम्दानीमा बढोत्तरी हुन्छ: 
 बिहेपछि मानिस बढि जिम्मेवार बन्दछ । आवश्यतामा वृद्धि हुन्छ र खर्च पनि बढ्ने हुनाले उसले धेरै पैसा कमाउन लागि बढि मेहेनत गर्दछ । र बचत पनि धेरै हुन थाल्दछ ।

 संवेगात्मक सपोर्ट मिल्दछ:
 बिहेपछि पति पत्नी एक अर्कालाई साँचो मनबाट प्रेम गर्न थाल्दछन् । यस्तोमा जब दुइजनामा कुनैलाई पनि इमोसनल सपोर्टको खाँचो पर्दछ तब एकले अर्कोलाई ज्यान दिएर सपोर्ट गर्दछन् । 

 खुसी प्राप्त हुन्छ:
 सामाजिक विज्ञहरुका अनुसार विवाहपछि पतिपत्नी दुइजनाले नै आफ्नो मनको कुरा एक अर्कामा शेयर गर्दछन् । दुवैले आफ्ना सुखदुख शेयर गर्दछन् जसले दुबैजनाको जिवनमा खुसी ल्याइदिन्छ । ठूला भन्दा ठूला दुख पनि हल्का लाग्न थाल्दछन् र खुसीको संचार हुन्छ । 

 बच्चाको माया प्राप्त हुन्छ:
 बिहेपछि सन्तान जन्मिन्छन् । सन्तान जन्मिसकेपछि मानिसहरु बच्चासँग जिवन जिउने अलग प्रकारको आनन्द प्राप्त गर्दछन् । यस्तो अनुभुति तथा आनन्द अविवाहित मानिसहरुले कहाँ पाउने ?

0 comments

Write Down Your Responses