शनिबार आएको शक्तिशाली भूकम्पका कारण इक्वेडर भूकम्पबाट मर्नेको सङ्ख्या साढे तीन सय
इक्वेडरको सरकारले शनिबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ३५० पुगेको बताएको छ ।
भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या सोमबारसम्म ३५० पुगेको दुःखद खबर हामी जानकारी गराउछौं', इक्वेडरका गृहमन्त्री सेजर नाभसले स्थानीय टेलिभिजनसँग भने ।
इक्वेडरको तटिय क्षेत्रमा शनिबार गएको शक्तिशाली भूकम्पमा यसअघि २७२ जनाको मृत्युभएको सरकारले यसअघि बताएको थियो ।
स्थानीय समयअनुसार शनिबार साँझ १८:५८ मा गएको सो ७.८ रेक्टर स्केलको भूकम्प मुलुकको उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइबाट गएको युएसजिएसले जनाएको थियो ।
इक्वेडर सरकारले राष्ट्रव्यापी सङ्कटकालको घोषणा गर्दै पूर्वगठित सङ्कटकालीन उद्धार समितिलाई तत्काल क्रियाशील बनाएको छ । राजधानी क्विटो भूकम्पको केन्द्रविन्दुबाट १७० किलोमिटर मात्र टाढा रहेको र ४० सेकेन्डसम्म ठूला कम्पन महसुस गरिएको थियो ।
भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटियनगर ग्वायाकिलमा एउटा फलाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ । त्यस्तै तटियनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो ।
भूकम्प गएको घन्टौसम्म ५.६ रिक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए । ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ । एजेन्सी
0 comments
Write Down Your Responses