श्रीमानसँग ओछ्यान छुट्टिएको रेश्मा लाई छोराले भन्छ- अर्को बिहे गर्नुस् ममी

‘आकाशैको झिलमिल तारा, तारासँगै नाचुँ लाग्छ… मै ठूली भइछु रे,’ चुलबुले जवानी झल्काउने यही गीत गाएर रेश्मा सुनुवार चर्चामा आइन् ।

यही गीत उनको सफलताको कडी बन्यो । उनको एल्बम ‘मै ठूली भइछु रे’ले वर्षकै सर्वोत्कृष्ट एल्बमको रुपमा इमेज अवार्ड चुम्यो । रेश्माले यो गीत चञ्चले जवानीमा गाएकी भने होइनन्, यो गीत गाउँदा उनका छोरा हुर्किसकेका थिए । तर, ‘मै ठूली भइछु रे’ एल्बम रेश्माको गायन प्रतिभाको चुलबुले बैंस भएर आयो । रेश्मालाई गायिकाको पहिचान दियो । यो पहिचानपछाडिका रेखाहरू सरल छैनन् । 

चञ्चले उमेरमा विवाह, डिभोर्स, प्राइभेट एसएलसी हुँदै संगीतमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर, अनि गायिका रेश्मा सुनुवार- यहाँसम्म आइपुग्न रेश्माको जीवनरेखाले धेरै घुम्ती पार गरेको छ । रेश्मा, भोलि भागौँ रेश्मा १५ वर्षकी थिइन्, ९ कक्षामा पढ्थिन् । उनको डेरामा ढुंगामा बेरिएर एउटा कागज आयो, जसमा लेखिएको थियो- रेश्मा, भोलि भाग्यौँ । हस्ताक्षर थियो उनकै प्रेमीको । भोलिपल्ट रेश्माले प्रेमीलाई भेटेर भनिन्, ‘भाग्न त भागौँ, तर ममीलाई भन्नुपर्छ ।’ रेश्मालाई साथीकहाँ राखेर प्रेमी सीधै रेश्माको डेरा गएर भनेँ, ‘आमा, मैले हजुरकी छोरीलाई भगाएँ ।’ रेश्माकी आमाले ‘झापाली फटाहा’ भन्दै खुकुरी निकालिन्, उनी भागिहाले । यसरी नै रेश्माको विवाह भयो, ०५४ सालमा । 

रेश्मा मैतीदेवीबाट हिँड्दै पद्मोदय स्कुल जान्थिन्, साथीहरू थुप्रै थिए । ९ कक्षामा पढ्दै गर्दा रेश्मालाई ग्रिटिङ कार्ड आयो, एक सिनियर पुरुषको । जो रेश्माभन्दा १४ वर्ष जेठा प्रहरी असइ थिए, मैतीदेवीमै बस्थे, सिंहदरबार किताबखानामा आउट ड्रेसमा काम गर्थे । उनले रेश्मालाई मन पराउँदा रहेछन् । ‘भर्खरै १५ लागेकी थिएँ । आफूभन्दा सिनियर पुरुषको ग्रिटिङकार्ड पाएपछि साथीहरूलाई देखाएँ, रमाइलो मानियो,’ रेश्मा भन्छिन्, ‘मैले पनि उनलाई कार्ड पठाउन थालेँ । उनको मोटरसाइकल थियो, तर मलाई हेर्न होला, हिँडेरै अफिस जान्थे ।’ 

एक दिन प्रेमीले रेश्मालाई घरसम्म मोटरसाइकलमा छोड्न आए, कान्छी बहिनीले देखेर घरमा सुनाइदिइन् । स्कुल पढ्दै गरेकी छोरीलाई प्रेमीले घरसम्म पुर्याउन आएको जो-कोही बाबुलाई निको लाग्ने कुरै भएन । बाबुले रेश्मालाई पढाएर सरकारी जागिरे बनाउन चाहन्थे । तर, रेश्मा नौ कक्षादेखि प्रेम गर्न थालिन् । ‘बुवाले मलाई गाली मात्रै गर्नुभएन, कुटपिट नै गर्नुभयो,’ रेश्मा भन्छिन्, ‘त्यो दिन स्कुलै गइनँ ।’ घरमा पिटाइ खाएकाले रेश्मा स्कुल नआएको भन्ने उनका प्रेमीले थाहा पाए । आफ्नो कारण आफ्नी प्रेमिका घरमा कुटिएको उनलाई सैह्य भएन । उनले रेश्मालाई भगाएर लैजाने निर्णय गरे र ढुंगामा कागज बेरेर रेश्माको डेराभित्र खसाए । रेश्मा सम्झन्छिन्, ‘हामी तल्लो तलामा बस्थ्यौँ, म डेरामै थिएँ, ढुंगामा बेरिएर कागज आयो ।’

श्रीमानसँग ओछ्यान छुट्टियो




लखनउबाट फर्केपछि रेश्मा काठमाडौं आइन्, आईए प्रथम वर्षको परीक्षा दिन । आफूलाई हस्पिटलमा सेवा गरेकाले पनि सासूआमाले रेश्मालाई परीक्षा दिन पठाइन् । रेश्मा भन्छिन्, ‘सासूआमाले पनि परीक्षा दिन जाउ भन्नुभो । मेरो यत्रो सेवा गर्‍यौ, जाऊ परीक्षा देऊ, पास हुन्छ्यौ भन्नुभयो । नभन्दै पास भएँ ।’ श्रीमानको पोस्टिङ सल्यानमा पर्‍यो, त्यो ०५८ सालको कुरा हो । माओवादीले रुकुम हानिसकेको थियो । माओवादी द्वन्द्वकै कारण रेश्माका श्रीमानले प्रहरीको जागिर छाडे । उनी रेश्मासँगै काठमाडौंमा बस्न थाले । काठमाडौंमा उनीहरूको फ्ल्याट थियो, सामान थियो । एक दिन रेश्मालाई देवर आएर भने, ‘भाउजू, दाइले आफ्नो सामान झापा पठाउन भन्नुभएको छ ।’ रेश्माले श्रीमानसँग फोनमा कुरा गरिन् । श्रीमानले भने, ‘म झापातिरै केही व्यापार गर्छु । तिमी पछि आऊ, छोराको परीक्षा सकेर ।’ रेश्माले काठमाडौंबाट सामान पठाइदिइन्, यो ०५८ सालकै कुरा हो । त्यसबेलादेखि श्रीमानसँग रेश्माको ओछ्यान छुट्टिएजस्तै भयो । ‘हाम्रो झगडा भएको होइन, उहाँले केही भनेको पनि होइन, मैले केही भनेजस्तो पनि लाग्दैन । यत्ति हो कि उहाँले नपढ्न भन्दाभन्दै मैले कलेज पढेकी थिएँ,’ रेश्मा भन्छिन्, ‘खोइ, अरुको कुरा सुन्नुभो कि ? पछि उहाँ काठमाडौं आएर भन्नुभयो, तिमीहरू यतै बस, छोरालाई पढाऊ । त्यसपछि उहाँले मलाई सोधखोज गर्न छाड्नुभो । म माइतीमा बस्न थालेँ ।’

छोडपत्र

झापामा व्यापार राम्रो नभएपछि रेश्माका श्रीमान रोजगारीका लागि मकाउ गए, झन्डै सात वर्ष काम गरे । छोराले एसएलसी दिएपछि रेश्मालाई श्रीमानले भने, ‘अब हामी बेग्लै बस्यौँ, तिम्रो आफ्नो लाइफ छ । आफ्नो खुसी गर ।’ विगत १४ वर्षदेखि रेश्मा काठमाडौंमा छोरासँग छिन्, व्यावसायिक गायनमा सक्रिय छन् । गएको असारमा रेश्मालाई श्रीमानले भेट्न बोलाए । रेश्मा भन्छिन्, ‘मैले फोन गरेँ । उहाँले भन्नुभयो- तिमीलाई केही दिन्छु, अब छोडपत्र गरौँ ।’ गएको असारमा छोडपत्र भयो । रेश्माले भक्तपुरको एउटा घडेरी पाएकी छिन् । रेश्मा भन्छिन्, ‘मैले किन दिएको यो घडेरी भनेर सोधेँ, उहाँले भन्नुभयो- तिमीले अहिलेसम्म केही मागिनौँ, त्यही भएर दिएको ।’ छोराले भन्छ-

अर्को बिहे गर्नुस् ममी

रेश्माले छोरालाई पनि बाबुको घर झापा लगेकी छिन्- व्रतबन्ध गर्न, नागरिकता बनाउन । अहिले रेश्माका छोरा अभिनवजंग रायमाझी एथ्नोम्युजिकोलजी (आदिवासी संगीतशास्त्र) पढ्दै छन्, केयुमा ब्याचलर लेभल । एक वर्ष अघिसम्म रेश्मा माइतीमा बस्थिन्, बुवाको बौद्धको घर छ । अहिले उनी छोराकै लागि छुट्टै बस्न थालेकी छन् । किनभने, रेश्माका बुवा नातिले साइन्स पढोस्, जागिर खाओस् भन्ने चाहन्छन्, संगीत पढेको राम्रो मान्दैनन् । छोराले स्वतन्त्र रुपमा संगीत पढोस् भनेरै रेश्माले छोरालाई बेग्लै राखेकी हुन् । अभिनव बाबुसँग भन्दा आमासँग बढी निकट छन् । रेश्मा भन्छिन्, ‘छोरो मेरो साथी हो, मैले जोक भन्दा सबैभन्दा बढी ऊ नै हाँस्छ । मेरा साथीहरू भन्छन्- तिमीहरू आमाछोराभन्दा बेसी साथी देखिन्छौ । एक वर्षअघि मैले उसलाई सोधेँ- म तेरो बुवासँग जाउँ ? मिल्यौँ ? उसले मलाई भन्यो- बुवासँग हजुरको सोच मिल्दैन, अर्को बिहे गर्नुस् ममी । तर, जोसँग बिहे गर्ने हो, उहाँसँग पहिले मलाई भेटाउनु, पहिले मैले पास गर्नुपर्छ नि ।’ रेश्मा पनि अब दोस्रो बिहे गर्ने सोचमा छिन् ।


,

0 comments

Write Down Your Responses