आइएसको निसानामा भारत, भारतमा दोहोरो आक्रमण गर्ने चेतावनी

विश्वको टाउको दुखाइको विषय बन्दै आएको अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसको निसामा भारत पनि परेको छ । भारतिय हिन्दूलाई आइएसले खुला रुपमा धम्मी दिएको भारतीय संचारमाध्यमले खुलाशा गरेका छन् । 

आइएसले उसको म्यागजिन ‘दाबिक’ मा भारतमाथि दोहोरो आक्रमण गर्ने चेतावनी समेत दिएको जनाइएको छ । बंगलादेशका आइएस प्रमुख शेख अबु इब्राहिम अल हसिफको अन्तवार्ता सो म्यागजिनले प्रकाशित गरेको हो । त्यहाँ भनिएको छ ‘आइएस भारत पाकिस्तान र बंगलादेशको सीमाबाट घुसपैठ गरी गुरिल्ला आक्रमण गर्ने छ।’ म्यागजिनमा हसिफले हिन्दुलाई खुल्ला चेतावनी दिंदै भारतमा हिन्दुले मुस्लिम र इस्लाम विरोधी लडाइ गरेको आरोप लगाएका छन्। उनले हिन्दुहरु मुस्लिमको निसानामा रहेको समेत बताएका छन्। इब्राहिमले बंगालमा तयार भएका जिहादीले भारतमा दोहोरो आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

,

0 comments

Write Down Your Responses