अन्तर्जातीय विवाह गर्ने लम्साल जोडी सम्मानित

Add caption
विराटनगर– अन्तर्जातीय विवाह गरी दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (विश्वकर्मा) सम्मानित भएका छन् ।

 २१ वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेका लम्साल दम्पतीलाई नेपाल दलित समाज कल्याण सङ्घ मोरङले आफ्नो आठौँ अधिवेशनको अवसरमा आइतबार यहाँ सम्मान गरेको हो । दलित कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्मा र मोरङका प्रजिअ तोयम रायले दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

 सोही अवसरमा स्नातकोत्तर अध्यनरत दृष्टिविहीन विद्यार्थी मोरङ सिद्राहाका धीरेन्द्र विश्वकर्मा र कटहरीकी सामाजिक अभियन्ता मालती ऋषिदेवलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा दलित समाज कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्माले नयाँ संविधान बनिसक्दा पनि अझै जातीय छुवाछुत हट्न नसकेकाले अब गैरदलित समुदायलाई छुवाछुत अन्तका लागि चेतना दिनुपर्नेमा जोड दिए ।

 प्रजिअ तोयम रायले स्रोत साधन नहुँदा स्थानीयस्तरमा सरकारले निर्माण गरेको दलित समिति सक्रिय हुन नसकेको बताए । अवैध ढङ्गले गिट्टी, बालुवा उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा अवैधरुपमा गिट्टी र बालुवा उत्खनन गर्ने १० वटा ट्याक्टरलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

 सुन्दरदुलारी–६ स्थित बूढीखोलाबाट बालुवा, गिट्टी उत्खनन गरेर पूरा लोड गरेका पाँच वटा, आधा लोड गरेका चारवटा र एउटा खाली ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । नियन्त्रणमा लिएका ती ट्याक्टरलाई आइतबारै आवश्यक कारबाहीका लागि जिविस मोरङमा पठाइएको छ ।

0 comments

Write Down Your Responses