जनताकाे रिस राष्ट्रपतिमाथी : राष्ट्रपतिकाे रिस सिडिअाे माथी
राष्ट्रपति विद्यादेबी भण्डारीले बारपाकीलाई आइतबार सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् ।
सान्त्वनासहितको पुनर्निमार्णका केही गतिविधि र आश्वसनसहित सम्बोधन हुने अपेक्षा रहेपनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए ।
राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायणप्रसाद भट्टमाथि खनिएका थिए । आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए । माथिको व्यवस्था भन्दै सिडियो पन्छिएका थिए ।
‘भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्त्वना दिने गरी राष्ट्रप्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नु भएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन’ स्थानीय सुकबहादुर विकले भने ।


0 comments
Write Down Your Responses