नेपाली क्रिकेटलाई : नयाँ वर्ष नयाँ उपलब्धि

उपलब्धि १ - नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्ने मौका पाएपनि यस प्रतियोगितामा गत वर्ष कुनै जीत निकाल्न सकेन । गत वर्ष चार खेल हारेको नेपालले पराजयको शृंखला तोड्दै घरेलु मैदानमा नामिबियालाई पहिलो खेलमा ५ विकेटले हरायो । 


उपलब्धि २ : नेपालले दोस्रो खेल ३ विकेटले जितेसँगै पुछारबाट पाँचौ स्थानमा फड्को मार्यो । लगातारको दुई जितपछि नेपालले आगामी वर्षको विश्वकप छनोट खेल्ने संभावना बलियो बनाएको छ । अंकतालिकामा नेदरल्याण्डस् १० अंकसहित पहिलो, हंङकङ ९ अंकसहित दोस्रो, स्कटल्याण्ड ७ अंकसहित तेस्रो, केन्या ६ अंकसहित चौथो र नेपाल ४ अंकसहित पाँचौ स्थानमा छन् । यद्यपी अझै केन्या र पिएनजीले एकआपसमा दुई खेल खेल्न बाँकी छ । यि टिमले केवल ४ खेल खेल्दा नेपालले ६ खेल खेलिसकेको छ । नेपालभन्दा पिएनजी रनरेटमा मात्रै  (8)छाडी छ । 

उपलब्धि ३ : नेपाली ब्याटस्म्यानहरुले घरेलु मैदानमा खुलेर खेले । दोस्रो खेलमा ओपनर ज्ञानेन्द्र मल्ल र नरेश बुढायरलाई सस्तैमा गुमाएपनि पारस खड्का र शरद् भेस्वाकरले गतिलो साझेदारी गर्दै नेपाली ब्याटस्म्यानहरु कमजोर नरहेको प्रमाणित गरे । यसअघि पहिलो खेलमा विनोद भण्डारीले शरद्लाई राम्रो साथ दिएका थिए । तर दोस्रो खेलमा त्यस्तो प्रदर्शन गर्न उनी चुके । 

उपलब्धि ४ : अघिल्लो वर्ष क्यान विवादका कारण नेपाली क्रिकेट ओझेलमा परेको थियो । तर खेलाडीहरुको प्रदर्शनले फेरि एकपटक क्रिकेटको महत्व बढाईदिएको छ । 

उपलब्धि ५ : युवा विश्वकपमा चम्किएका सन्दिप लामिछानेले डेब्यु खेलमै सनसनी मच्चाए । उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोस्रो म्याचमा समेत निरन्तरता दिएर आफू विश्वस्तरीय बलर रहेको प्रमाणित गरे । उनले डेब्यू खेलमै २ मेडन राखेर १ विकेट लिए भने दोस्रो खेलमा २ मेडन राखेर २ विकेट लिए ।

,

0 comments

Write Down Your Responses