मापसेमा उत्तर कोरियाली दूतावासका कर्मचारी ली छङ हो पक्राउ !!

१४ वैशाख काठमाडौं - नेपालस्थित उत्तर कोरियाली दूतावासका कर्मचारी ली छङ हो मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् । 


मापसे गरी सवारी साधन चलाएको अवस्थामा होलाई ट्राफिक प्रहरीले सोमबार विहान न्युरोड गेटबाट पक्राउ गरेको आजको अन्नपूर्ण पोस्टले जनाएको छ । उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ । हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन् । कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ । प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ । उत्तर कोरियाली सेनाको स्थापना दिवस भएकाले आफूले मापसे गरेको होले प्रहरीलाई बताएका थिए । २०७३ वैशाख १४ गते ६:२० मा प्रकाशित

,

0 comments

Write Down Your Responses