नेपालीको लागि दुखत समाचार, आईसीसीबाट नेपाल क्रिकेट संघ निलम्बित

काठमाडौं - विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्वित गरेको छ । 


आईसीसीले सोमबार सार्वजनिक गरेको निर्णयमा क्यानको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा नभएकाले उसको सदस्यता निलम्वन गरिएको जानकारी दिएको हो । आईसीसीले क्यानलाई स्वतन्त्ररुपमा सञ्चालन हुन नदिइ सरकारले हस्तक्षेप गरेकाले निलम्वनको निर्णय गर्नु परेको जनाएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा बसेको आईसीसीको बोर्ड कमिटीको बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो । 

क्यानको आधिकारिताबारे चलिरहेको विवाद अदालतमा रहेका तथा क्यान आफैं पनि नेतृत्वविहीन भएको भन्दै आईसीसीले कडा निर्णय लिएको हो । बैठकले सरकारी हस्तक्षेप प्रतिबन्धित गर्ने र स्वतन्त्र तथा निष्पक्ष चुनावको आवश्यकता स्थापित गर्ने आइसिसीको आबद्धताको धारा २.९ उल्लङ्घन गरिएकामा सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बनको अर्थ क्यानले आइसिसीबाट अब कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त गर्ने छैन । तथापि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसीद्वारा आयोजित प्रतियोगितामा सहभागी हुन पाउने परिषद्द्वारा सोमबार दुबईमा जारी विज्ञप्तिमा उल्लेख छ ।

,

0 comments

Write Down Your Responses