बैशाख १२को भूकम्प, पुरिएका घाइते र एक वर्षपछि उनीहरुका सपना (घाइतेको कथा उनीहरुकै मुखबाट)

नेपालमा गत वर्ष बैशाख १२ गते विनाशकारी भूकम्पले ठुलो जनधनको क्षति पुरायो । त्यो तस्वीर हेर्दा अहिले पनि सबैको आङ जिरिङ्ग हुने गर्दछ । तर, केही तस्वीर यस्ता पनि छन् जसले हामीलाई सन्तोष र सुखी प्रदान गर्दछ । त्यसमध्ये त्यो तस्वीर पनि एक हो जुन कयौं घण्टापछि एक बालक भग्नावशेषबाट निकालिएका थिए । २२ घण्टापछि जिवितै उद्धार गरिएका ती बालक एक वर्षपछि के गर्दै होलान् ? आफ्नो घर भग्नावेशमा परिणत भएपछि 

सोनिसको परिवार भक्तपुरको महाकाली मन्दिरको गल्लीमा भाडाको घरमा बसिरहेका छन् । जब कुनै नौलो मानिस भेट्छन् सोनिस मुस्काुराउँछन् जस्तो कि उनी भग्नावशेषबाट निकाल्ने बित्तिकै मुस्कुराएका थिए । जब उनलाई आमाले नमस्कार गर्न भनिन् तब सानो औला र हात जोडेर उनले नमस्कार गरे ।
 घरबाहिरै उनकी बहिनी भेटिइन् । साँझको समय थियो र सोनिया आमालाई पानी भर्न सघाउँदै थिइन् । सोनिसकी आमा रश्मिला अवालेले आफ्नो गृहस्थी त्यही भग्नावशेष बनेको घरमा गुमाइसकेकी छन् । उनले भनिन्–केही सामान घरबेटीले दिएका हुन् । काँकी चुलाको सामान र ओछ्यान राहतमा पाएका हौं । सोनिसले पत्रकारको ब्याग, क्यामेरा र पानीको बोतल आफ्नो हातमा लिए । क्यामेराको फ्ल्यासले उनलाई कुनै असहज महशुस गराइरहेको थिएन । बानी परिसकेका थिए उनी ठुलाठुला क्यामेरा र त्यसबाट निस्कने लाइट्ससँग । उनकी दिदी ११ वर्षकी छिन् । तर, उनी कुनै पनि प्रश्नको उत्तर ठुलै मानिसले झैं दिने गर्छिन् । उनी भन्छिन्–धेरै मान्छे आउँछन्, मेरो भाइलाई भेट्न । 
युकेदेखि इटली, फ्रान्स, अस्ट्रेलिया, जर्मन र जापानबाट पनि मानिस आउँछन् । यसरी चर्चित भएकोमा खुसी लाग्छ । बैशाख १२ गते भूकम्प आउने बेला सोनिस मात्र ६ महिनाका थिए । दिदी घरमा टिभी हेरिरहेकी थिइन्, आमा बजार गएकी थिइन् । भूकम्प आउने बेला सोनिस निदाएका थिए । दुवै दिदीभाइ भग्नावशेषमा पुरिए । २ घण्टापछि दिदी र २२ घण्टापछि सोनिसलाई निकालियो । रश्मिला भन्छिन्–जब म घर आएँ तब लाग्यो कि दुबै छोराछोरी बचेका छैनन् । तर, उनीहरुलाई सामान्य चोटसमेत लागेन । वरपरका छिमेकी उनीहरुलाई भन्छन्–तपाईका छोरा भगवानका रुपमा हुन्, त्यसैले त उ सकुशल निक्लियो । नेवारी परम्पराअनुसार बालबालिकाको पहिलो जन्म दिन मनाइँदैन । यो वर्ष सोनिसको जन्म दिन मनाइनेछ । उनी भन्छिन्–अब जहिलेसुकै जब घरबाहिर जान्छु तब एक पलका लागि पनि उसलाई एक्लै छोड्दिन । जब सोनिस टोलमा खेल्न निस्कन्छन् मानिसहरु भन्ने गर्छन–अरे, यो त त्यही चमत्कारी बालक होइन ? सोनिस वरपर भेटिनेहरुलाई दुई हात जोडेर नमस्कार मात्र होइन, एक हातले सलाम पनि गर्छन् ।

 पेम्बा तामाङको कथा बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि १७ वर्षीय पेम्बा तामाङलाई ५ दिनपछि उद्धार गरिएको थियो । अहिले उनी पनि साथीहरुमाझ हिरो बनेका छन् । उनी जहाँ जान्छन् साथीहरु फोटो खिचाउन मरिहत्ते गर्दछन् । उनी भने लजाउँछन् । काठमाठौको गंगबुस्थित बसपार्क क्षेत्र । जहाँ पेम्बा एउटा होलट भत्कदा पुरिएका थिए । जब दैनिक भास्करका पत्रकार उनको खोजीमा निस्किए तब जसले पनि भन्थ्यो, उ यही कतै घुमिरहेको होला । उनलाई पुरै टोलले चिन्थ्यो ।
 जब उनलाई भेटियो आश्चर्यमा परे सबै । यति सानो किशोर । पाँच दिनसम्म कसरी भग्नावशेषमा जिवित रहे ? जब त्यस घटनाबारे प्रश्न गरियो, तब उनी लजाए । फेरि मुस्कुराउँदै उनले आफ्नो कथा सुनाउन थाले । उनले भने–त्यहाँ यति मात्र खाली ठाउँ थियो कि म हात हल्लाउन सकुँ । दुई डिब्बा घ्यु राखिएको थियो । मैले पाँच दिनमा मात्र दुई चम्चा घ्यु खाएँ । पुरै अँधेरो थियो त्यहाँ । जब भवन भत्काउनेहरुको लाइट मसम्म आयो तब मैले बचेको सबै शक्ति लगाएर चिच्याउन थालेँ । एक जना प्रहरीले मेरो आवाज सुने र मलाई निकाले । पेम्बा अहिले पनि हरेक साता सशस्त्र प्रहरीका ती उद्धारकर्तालाई भेट्न जाने गरेका छन्, जसले उनलाई जिवितै निकालेका थिए । पेम्बा भन्छन्–त्यो दिन जब म सकुशल बाहिर निकालिएँ तब मेरा परिवारजनले भने कि यति ठुला होटलमा काम नगर । अहिले पेम्पा अरु नै काम गर्छन् ।
 उनी भन्छन्–जब म भग्नावशेषमा पुरिएको थिएँ तब सोचेको थिएँ कि अब म कहिल्यै पनि फेर्केर यो गल्लीमा आउने छैन । तर साथीहरुलाई भेट्न यहाँ आउने गरेको छु । केहीले उनलाई अमेरिका लैजाने अफर पनि गरे । उनी भन्छन्–म प्रहरी बन्न चाहन्छु । तर, पुरै शरीरमा टैटु बनाएको छु । र, नेपालमा टैटु बनाउनेलाई सेना र प्रहरीमा रोजगारी सम्भव छैन । उनले एउटा हातमा शंकर भगवान र अर्कोमा ड्रैगनको टैटु कुँदाएका छन् । उनका साथीहरु भन्छन्–हाम्रो पेम्बा हिरो हो । जब उनी निस्किएका थिए तब मानिसहरु उनलाई घरमा खान खान बोलाउँथे । जब उनी सडकमा निस्कन्थे तब मानिसहरु उनीसँग तस्वीर खिचाउँछन् ।
 उनलाई भेट्न विदेशबाट मानिसहरु आउँछन् । पेम्बा भन्छन्–जब म बाहिर निस्कन्छु तब साथीहरु रुन थाल्छन् । तर अहिले चिढाउँछन् । भन्छन् –हेर भुइँचालो आयो । मैले भने–म जिउँदै बाहिर निस्केको छु । मैले भने भने साँच्चिकै आउनेछ । के अझै राति भूकम्प आउने डर लाग्दैन भन्ने प्रश्नमा सुरुमा त उनी हाँसे । अनि भने–भूइँचालो आए न डर लाग्छ ।

 सपनामा के को डर ? निर्मलाको हिरोइन बन्ने सपना बैशाख १२ गतेको विनाशकारी भूकम्पमा 
निर्मलाले एउटा खुट्टा गुमाइन् । तैपनि अहिले उनी नृत्य गर्छिन् । उनको सपना हिरोइन बन्ने छ। निर्मला अहिले ठमेलमा सिलाई कारखानामा आफ्नो परिवारका साथ बस्छिन् । आमाबुवा र दाइसँग उनी पनि सिलाईको काम गर्छिन । जब १२ गते भुइचालो आयो त्यतिबेला उनी फिल्म हेर्न जाने तयारीमा थिइन् । उनलाई दाइले फिल्म देखाउने तयारी गरेका थिए । तर आमाले मानिन् । त्यसैले उनी कोठाभित्र काजल लगाउने कोशिसमा थिइन् । दुईपटक काजल लतपतिएपछि दिदीले उनको अनुहार सफा गरिदिइन् । तैपनि निर्मला आफ्नो जिदमै थिइन् । उनले भनिन्–यस्तै काजल मेरी मनपर्ने नायिका रेखा थापाले पनि लगाउने गरेकी छन् । म पनि उनीजस्तै नायिका बन्न चाहन्छु । 

भूकम्प आउने दिन उनी छिमेकमा टेलिभिजनमा फिल्म हेरिरहेकी थिइन् । जब भूकम्प आयो सबैतिर हंगामा मच्चियो । निर्मलामाथि पर्खाल भत्कियो । उनी घाँटीसम्म भग्नावशेषले पुरिइन् । उनको एउटा खुट्टाको मासु लुछियो । चार दिनपछि जब होसमा आइन तब उनले आफ्नो बुबा चित्रबहादुरका विषयमा सोधिन् । निर्मला अहिले पनि राति निद्राबाट ब्युँझिन्छिन् । र कराउन थाल्छिन् –आयो आयो बाबा भूइँचालो । अहिले उनी जब साथीहरुसँग भागदौड गर्न सक्दिनन् तब रुन थाल्छिन् । उनी डान्सको शैकिन हुन्, डान्स गर्छिन् । उनी भन्छिन्–नक्कली खुट्टाले भए पनि डान्स गर्नेछु । निमा रुम्बाको बास्केटबल प्रेम बैशाख १२ गतेको भूकम्पमा परी 

निमा रुम्बाले पनि एउटा खुट्टा गुमाएका छन् । १६ वर्षीय निमा एक वर्षअघिसम्म विद्यालयका स्टार बास्केटबल खेलाडी थिए । बाइक दौडाउँथे, तब गाली सुन्थे । तर, अहिले आमाबुवा उनलाई हिम्मत दिन्छन् । भन्छन्–सब ठिक हुनेछ । निमालाई आशा छ, उनी नक्कली खुट्टाको माध्यमबाट हिड्न मात्र छैनन्, बरु दौडिने पनि छन् र पुनः बास्केटबल पनि खेल्नेछन् । जुन दिन भूकम्प आये उनी स्वयम्भु मन्दिर नजिक पसलमा सामानमा मूल्य टाँसिरहेका थिए । सुरुमा उनले बाहिर बिजुलीको तार हल्लिरहेको देखे । केहीबेरमा मानिसहरु होसहवास गुमाएर भागिरहेका थिए ।
 उनले पनि नजिकै बसेको भाइलाई भने बाहिर भाग । तर, भाइले भने–नडराऊ, केही हुँदैन । केही सेकेन्डमै घर ढल्यो । उनी ६ घण्टासम्म भग्नावशेषमा पुरिए । उनको एउटा खुट्टा घरको पिल्लरले थिचियो । पछि पिलर काटेर उनलाई निकालियो । घटनामा हजुरबा, फुपु र भाइको मृत्यु भयउो । निमा तीन महिनासम्म उपचारमा रहे । तर, एक दिन थाहा भयो उनको खुट्टाले काम गरिरहेको थिएन । अहिले उनी कहिलेकाहिँ पसलमा जान्छन् । तर, त्रास कायमै छ–फेरि भूकम्प आयो भने ? उनी साथीहरुसँग घुम्न पनि जाँदैनन् । त्यसैले उनलाई भेट्न साथीहरु घरमा आउने गर्दछन् । 

संगीताको कथा विनाशकारी भूकम्पको चपेटमा संगीता पनि परिन् । एउटा खुट्टा गुमाएकी उनी अहिले बैशाखीको साहरामा हिँडडुल गरिरहेकी छन् । तर उनी बैशाखी छाडेर बालबालिकाको साहरा बन्न चाहन्छिन् । अहिले उनी हरेक दिन एक्लै फिजियोथेरापी गराउछिन् । यो सिलसिला जनवरीदेखि जारी छ । उनी चाँडै बैशाखीको साहरा त्याग गर्न चाहन्छिन् । त्यसैले यतिराज निरौला उनलाई एक घण्टा एक्सरसाइज गर्न भन्छन् तर उनी डेढ घण्टा गर्छिन् । आफू अगाडि राखिएको ऐनामा आफ्नो चालमाथि नजर पनि राख्छिन् । आफूलाई लड्खडाउन पनि दिन्नन् । उनी भन्छिन्–म आफ्नो बच्चाहरुमाथि बोझ बन्न चाहन्न । उनीहरुको साहरा बन्न चाहन्छु ।
 जब डाक्टरहरुले उनको खुट्टा काटिदिए तब उनी घर आएर खुबै रोइन् । मेडिकल रिपोर्ट पनि च्यातेर फ्याँकिन् । संगीता भन्छिन् –पुरै गाउँमा मात्र म असक्षम भएँ। एकपटक परिवारजनले जिद गरेर फिजियोथेरापिस्टसँग भेटाए । जब फिजियोथेरापिी सेन्टर पुगेँ त्यहाँ आफूजस्तै धेरैलाई देखेँ तब लाग्यो कि डाक्टरले मेरो ज्यान बचाउन मेरो खुट्टा काटेका हुन् । संगीता भूकम्प आएको दिन यसरी सम्झन्छिन्–त्यो दिन बच्चाहरुसँगै खाना खाएर हात धुन जाँदै थिएँ । तब भुइँचालो आयो र एकापट्टिको पर्खाल ममाथि खस्यो । सुरुको आधा घण्टासम्म होसमै थिएँ । फेरि बेहोस भएछु । हप्तौ होस आएन । जब होस आयो त्यतिबेलासम्म मेरो एउटा खुट्टा काटिसकिएको थियो ।
 घटनाअघि उनी बच्चालाई विद्यालय पठाएर भोलेन्टियर संस्थाहरुका साथ सर्भे गर्न जाने गरेका थिइन् । अबर अहिले आफ्नै कामका लागि बालबच्चा र श्रीमानको सहयोग चाहिने गरेको छ। उनी पहिला जुन कपडा ठिक लाग्यो त्यही लगाउँथिइन् । अब उनी कपडा छानेर किन्छिन्, जसले उनको एउटा खुट्टा नदेखियोस् । उनी भन्छिन्–म चाँडोभन्दा चाँडो बैशाखीको साहरा छोडेर बालबच्चाको साहरा बन्न चाहन्छु । यो कथा भारतीय पत्रिका दैनिक भास्करले आफ्नो अनलाइन संस्करणमा प्रकाशन गरेको हो । हामीले यहाँ त्यसैको भावानुवाद मात्र गरेका हौ । यसमा कतिपयको नाम भए पनि थर उल्लेख छैन । पत्रिकाले थर उल्लेख नगरेकाले हामीले पनि जस्ताको तस्तै प्रकाशन गरेका हौ–सम्पादक ।

0 comments

Write Down Your Responses