युएईमा नेपालीले ठुलो धनराशीको भाग्य चिठ्ठा जित्यो

युएई चैत २३ – संयुत्त अरब एमिरेट्स युएईको आबुधाबीमा कार्यरत एक नेपाली मुलकी भारतीय नागरिकले ठुलो धनराशीको भाग्य चिठ्ठा जितेकी छिन् । 

सिक्किम निवासी नेपाली मुलकी सुनिना राईले बिग टिकट भाग्य चिट्ठामार्फत ७० लाख युएई दिराम अर्थात २० करोड ३० लाख नेपाली रुपैयाँ जितेको छ | यो चिठ्ठामा एक नेपालीले चौथो पुरस्कार स्वरुप १ लाख युएई दिराम अर्थात झन्डै २७ लाख नेपाली रुपैयाँ पाएका छन् । नेपालको पूर्ण ठेगाना नखुलेका प्रकाश पौडेललाई २७ लाख नेपाली रुपैयाँ चिठ्ठा परेको हो । 

 आबुधावी एयरपोर्टमा कार्यरत नेपालीहरुले मिलेर यो चिठ्ठा खरिद गर्नुभएको थियो । नेपाली नागरिक सुनिल लामा र नेपाली मुलकी भारतीय नागरिक सुनिना राई लगायतले ५ सय युएई दिराम अर्थात झन्डै १४ हजार खर्चेर संयुक्त रुपमा मिलेर भाग्य चिठ्ठा लिनुभएको थियो । 

 ड्युटी फ्री स्टोर आबुधाबी एयरपोर्टले हरेक वर्ष यो नगद सहितको भाग्य चिठ्ठाको आयोजना गर्दै आएको छ । यो अफर अप्रिलमा पनि जारी रहने र मे ५ तारिखमा अर्को नतिजा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

0 comments

Write Down Your Responses