यस्ता छन् सबैभन्दा बढी देहव्यापार हुने मुलुकहरु, कस्को वार्षिक आम्दानी कति ?

हैभोकस्कोप रिसर्च इन्ष्टिच्युटले कयौ देशमा भइरहेको देह व्यापारको आंकडा जम्मा गरेको छ। यसमा भारतलाई पनि ठुलो बजारका रुपमा लिइएको छ।

 १२ इन्डोनेसिया २.२५ अर्ब डलर । इन्डोनेसियामा देहव्यापार गैरकानुनी हो । यसलाई नैतिक अपराध मानिएको छ। तर, यसका बावजुद मुस्लिम बहुल इन्डोनेसियामा देहव्यापार निकै संगठिन ढंगले फैलिएको छ। युनिसेफका अनुसार इन्डोनेसियामा देहव्यापारसँग जोडिएका ३० प्रतिशत युवतीहरु नावालिग छन् । ११ स्वीट्जरल्याण्ड ३.५ अर्ब डलर ।

 स्वीट्जरल्याण्डमा देहव्यापारका अड्डालाई आम रुपमा ‘सेक्स रुम’ भन्ने गरिन्छ । यस्ता रुमहरुले सरकारबाट आर्थिक सहयोगसमेत प्राप्त गर्दछन् । यस्ता रुम सहरभन्दा बाहिर हुन्छन् । त्यहाँ शावर, लकर, डेस्क र वाशिंग मेसिन पनि हुने गर्दछ । जुरिच सहरले त देह व्यापारस्थल सहरदेखि टाढा स्थापना गर्न २६ लाख डलरसमेत दिएको थियो ।

 १० टर्की ४ अर्ब डलर । टर्कीमा देहव्यापार कानुनी छ । तर, देहव्यापारलाई बढावा दिन प्रतिबन्ध छ। टर्कीका आप्रवासन कानुनी देहव्यापारका लागि टर्की आउने अनुमति दिएको छैन । तर, यसका बावजुद टर्की देहव्यापार बढी हुने १०औं नम्बरमा पर्दछ । 

९ फिलिपिन्स ६ अर्ब डलर । फिलिपिन्समा देह व्यापार गैरकानुनी हो । तर, सबैलाई थाहा छ सेक्स टुरिज्मका लागि फिलिपिन्स कुन हदसम्म बदनाम छ । धेरै गरिबी र इन्टरनेटसम्म सहज पहुँचनले फिलिपिन्सलाई सेक्स टुरिज्मका लागि चुम्बकजस्तो बनाएको छ। बालिका र नाबालिग पनि यसको शिकार बनेका छन् । 

८ थाइल्याण्ड ६.४ अर्ब डलर । थाइल्याण्ड पनि सेक्स टुरिज्मका लागि चर्चित मुलुक हो । थाइल्याण्डमा देह व्यापार कानुनी मानिन्छ । यहाँका विशेष स्थानहरुमा मात्रै देह व्यापार गर्न अनुमति प्राप्त छ। स्थानीय अधिकारीहरुले पनि कतिपय अवस्थामा यौनकर्मीहरुको रक्षामा उत्रन्छन् । भियतनाम युद्धपछि नै थाइल्याण्ड सेक्स टुरिज्मका लागि चर्चित बनेको हो ।

७ भारत ८.४ अर्ब डलर । जनसंख्याका हिसावले संसारकै दोस्रो ठुलो देश भारतमा देह व्यापारसँग सम्बन्धित कानुन अस्पष्ट छ । पैसाका लागि सेक्स गर्नु कानुनी छ, तर सार्वजनिक स्थल, होटलमा यस्तो गर्नु, अड्डा चलाउनु वा यसलाई बढावा दिनु गैरकानुनी मानिएको छ। निजी निवासमा बालिगका साथ आपसी सहमतिमा सेक्स गर्नु कानुनी मानिएको छ। 

६ दक्षिण कोरिया १२ अर्ब डलर । यद्यपि दक्षिण कोरियामा देह व्यापार गैरकानुनी हो । तर कोरियन महिला विकास इन्ष्टिच्युटको रिपोर्टले अरु नै केही बयान गर्दछ । दक्षिण कोरियामा देहब्यापारको कारोबार १२–१३ अर्ब डलरको छ। यो जीडीपीको १.६ प्रतिशत हो । रिपोर्टअनुसार दक्षिण कोरियाका २० देखि ६४ वर्षका २० प्रतिशत पुरुषले महिनामा औषतः ५८० डलर देहव्यापारमा खर्च गर्ने गर्दछन् । 

५ अमेरिका कारोबार रकम १४.६ अर्ब डलर । अमेरिकामा आमरुपमा देहव्यापार कानुनी हो । यद्यपि नेवाडा राज्यका केही भागमा यो गैरकानुनी छ । अमेरिकामा देहव्यापारका लागि आधिकारिक रुपमा निवेदन दिन सकिन्छ । यो कारोबारसँग सम्बन्धितहरुले कर, कर्मचारीको हिफाजत, न्युनमत पारिश्रमिक, विमा, मेडिकल जाँचको नियम बनाउनु पर्दछ । 

४ जर्मन वार्षिका कारोबार रकम १८ अर्ब डलर । एक अनुमान अनुसार जर्मनीमा ४०,०० यौनकर्मी छन् । यहाँ देहव्यापार कानुनी हो । तर, सामाजिक दशा र अधिकारसँग सम्बन्धित कयौ नियम छन् । यौनकर्मीहरुले अन्य पेसामा जस्तै सामाजिक सुरक्षा पाउन सक्छन् । देह व्यापारका लागि बाध्य पार्नु वा स्थितिबाट लाभ लिनुलाई अपराध मानिएको छ। 

३ जापान वार्षिक कारोबार २४ अर्ब डलर। देह व्यापार जापानको इतिहाससँग जोडिएको छ । सन् १९५६ को एन्टी प्रोस्टिट्युशन एक्टअनुसार ‘कुनै पनि व्यक्ति यौनकर्मी बन्ने छैन, न त ग्राहक बन्नेछ’ । कानुनी कमीका कारण जापानमा सेक्स उद्योग सुरु भएको हो । यो उद्योग स्वमयलाई देहव्यापार भने भन्दैछ । 

२ स्पेन वार्षिक कारोबार २६.५ अर्ब डलर । युएन युनभिर्सिटीको रिपोर्टअनुसार ३९ प्रतिशत स्पेनिश पुरुषले एकपटक यौनकर्मीसँग शारीरिक सम्बन्ध कायम गर्ने गरेका छन् । सन् २००९ मा स्पेनको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्भेमा ३२ प्रतिशत पुरुषले यो कुरा स्वीकार गरेका थिए । यो होल्याण्ड र बेलायतको तुलनामा १४ प्रतिशतले बढी हो ।

 १ चीन ७३ अर्ब वार्षिक कारोबार । संसारको सबैभन्दा ठुलो यौन कारोबार हुने देशमा चीन पर्दछ । यद्यपि चीनका देश व्यापार गैरकानुनी हो । चीनमा सरकार यौनकर्मीका साथ अपराधिकै रुपमा व्यवहार गर्दछ । समय समयमा छापा मारेर पक्राउ पनि गर्दछ । तैपनि चीनका मसाज पार्लरहरु, बार र नाइट क्लबहरुमा यौनधन्धा विस्तार हुने क्रम रोकिएको छैन।

0 comments

Write Down Your Responses