दुखत खबरविदेश जान नपाउँदै बाकसमा घर फिर्ता भईन लक्ष्मी राई
काठमाडौं - खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन् । आजको नागरिक दैनिकमा खबर छ–हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन् ।
गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन् । विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्षीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन् । विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्यो ।
समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्याइयो । वैदेशिक रोगगारीको सिलसिलामा लक्ष्मी साइप्रस पुगेकी थिइन् ।
0 comments
Write Down Your Responses