मलेसियामा मुद्दा लड्न नेपालीलाई वकिलको व्यवस्था, अब बिना कसुर नेपालीहरु जेल बस्नु नपर्ने

मलेसिया - अध्यागमन कानुनको अवज्ञा गरेको र अन्य अपराध गरेकाले मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न यहाँस्थित नेपाली राजदूतावासले एक वर्षका लागि कानुन व्यवसायीको व्यवस्था गरेको छ । 


दूतावास स्रोतका अनुसार मलेसियाको ‘अब्दुलगनी चे मान एण्ड को’ (ल फर्म) सँग सम्झौता गरिएको हो । मलेसियामा रहेका नेपालीलाई कानुनी लडाईँका लागि नेपाली दूतावासले कानुन व्यावसायीको व्यावस्था गरेको हो । यो सुविधा नहुँदा कानुनी अड्चनकै कारण धेरै नेपाली मलेसियाका जेलमा कष्टकर जीवन बिताउन बाध्य थिए । यो सेवा लिन पीडित पक्षबाट नेपाली दूतावासमा निवेदन दिनुपर्ने छ । निवेदनपछि मुद्धाको अवस्था हेरेर नेपाली दूतावासले कानुनी सहायताका लागि सहयोग गर्ने भएको छ । 

नेपाली दूतावासले पहिलो पटक यहाँको स्थानीय ‘ल फर्म’ सँग पहिलो पटक सम्झौता गरेको हो । नेपाली दूवावास मलेसियामा १३ वर्षअघि स्थापना भएको हो । दूतावाससँग कानुन व्यावसायी नहुँदा समान्य ‘केस’ मै समस्यामा परेका नेपालीलाई कानुनी सहायता दिन सकिएको थिएन । यसका लागि मलेसियामा रहेका अन्यश्रमीकका मुद्दा हेर्ने संस्थासँग सहयोग माग्नुपर्ने अवस्था रहेको थियो । कानुनी सेवा उपलब्ध नहुँदा कतिपय नेपाली अनाहकमा महिनौंसम्म समस्यामै अल्झनुपर्ने बाध्यता रहँदै आएको छ । अब मुद्दाका प्रकृति हेरि उक्त कम्पनीका वकिलले पीडित नेपालीलाई कानुनी सेवा प्रदान गर्ने नेपाली दूतावास मलेसियाबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses